माघ १८, काठमाडौं । डोटीको काडामाण्डौमा छाउगोठमा एक महिलाको मृत्यु भएको छ। पूर्विचौकी गाँउपालिका वडा नम्बर ५ काडामाण्डौकी पार्वती बोगटीको मुत्यु भएको हो। २१ बर्षिया पार्वती महिनावारी भएको ५ दिन भएको थियो। उनको घरमा अरु कोही नभएको बताइएको छ।
जेठानीको घरमा खाना खाई आफ्नो घरको तल्लो कोठामा सुतेकी बोगटी मृत अबस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ।डोटीका प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले बोगटीको खुट्टा जलेको देखीएको बताए। कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोले निसासीएका कारण मृत्यु भएको हुन सक्ने उनले बताए।