Advertisement
Advertisement
Advertisement
Advertisement

डेढ महीनादेखि जिल्ला अस्पताल प्रसूति सेवाविहीन

  |      12:15:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २२, गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो । 

 

जिल्ला अस्पताल उदयपुरका प्रमूख डा बिष्णुबहादुर बस्नेतका अनुसार सम्बन्धित निकाय तथा मन्त्रालयमा समेत जिल्ला अस्पतालमा स्त्री विशेषज्ञको अभाव हुँदा बिरामी मारमा परेको जानकारी गराइसके पनि अहिलेसम्म अर्को चिकित्सक व्यवस्थापन हुननसकेको छैन् । उदयपुर जिल्ला अस्पतालमा मात्र शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध हुँदै आएको तर अहिले प्रसूति सेवा नै बन्द हुन पुगेपछि जिल्लाका अधिकांश प्रसूतिसम्बन्धी बिरामी दशौँ हजार खर्च गरेर उपचारको लागि जिल्ला बाहिर विराटनगर, धरान जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । 

 

त्रियुगा नगरपालिका–४ बगाहाका रमानन्द चौधरी भन्नुहुन्छ, “जिल्लामा प्रसूति सेवा सञ्चालन हुँदा सबैलाई सामान्य खर्चमा उपचार हुने व्यवस्था थियो, अहिले प्रसूति सेवा बन्द भएपछि प्रसूतिका बिरामीले पहिल्यै जिल्ला बाहिर लान ऋण, कर्जा खोजेर पैसाको जोहो गर्नुपर्छ र एम्बुलेन्स तयारी गर्नुपर्ने बाध्यता छ । अझ जिल्लाका बिकट पहाडी क्षेत्रबाट उपचार गर्न आउने प्रसूतिका बिरामी त एक हप्ताअघि नै घर छाडेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उदयपुर गढीगाउँपालिका–३ भलायाडाँडाका शिवहरि अधिकारी बताउनुहुन्छ । जिल्ला अस्पतालजस्तो स्थानमा डेढ महीनादेखि प्रसूति चिकित्सकको अभावमा प्रसूति सेवा नै बन्द हुन पुगे पनि सम्बन्धित निकाय र मन्त्रालयको भने उचित ध्यान जान नसक्दा जिल्लावासीले कष्ट भोग्नुपर्ने बाध्यता भएको सर्वसाधारणको गुनासो बढ्दै जान थालेको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement