Advertisement
Advertisement
Advertisement
Advertisement

डा. केसीलाई रातारात काठमाडौं ल्याईयो

  |      11:34:00   |  
डा. केसीलाई रातारात काठमाडौं ल्याईयो


- इन्द्रलक्ष्मी घिमिरे, विप्लब भट्टराई

माघ ४,काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा १६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई रातारात काठमाडौं ल्याईएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै केसीलाई एम्बुलेन्स मार्फत झापाको भद्रपुरबाट सेनाको हेलिक हेलिकप्टरमार्फत केसीलाई काठमाडौं ल्याईएको हो । उहाँलाई बिहान करिब ३ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थल ल्याई पुर्‍याईएको डा.केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिनुभयो । स्वास्थ्य अवस्थाका कारण डा. केसीलाई राती नै महाराजगञ्जस्थित शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार सुरु भएको छ ।  त्रिभुुवन विश्व विद्यालयका पूर्व उपकुलपति तथा चिकित्सा शिक्षा सम्वन्धि राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, अधिकारकर्मी दमननाथ ढुङ्गानालगायतको टोली हिजो साँझ इलाम पुगेको थियो । उहाँहरुको पहलमा डा.केसीलाई काठमाडौं ल्याईएको हो ।  यसअघि धरानवाट आएको विषेश चिकित्सक टोलीले केसीको स्वास्थ्य जटिल भएकाले जुन सुकै बेला पनि समस्या आउने भन्दै तत्काल आईसीयू र सीसीयु सुविधा भएको अस्पतालमा लानु पर्ने निश्कर्ष निकालेका थिए ।  हिजो साँझ डा. केसीको अन्दोलनमा समर्थन जनाउन आएका सामाजिक अगुवाले उहाँको स्वास्थ्य स्थिति बुझेपछि तत्काल काठमाडौं लानु पर्ने निष्कर्ष निकालेका थिए । ‘डा. केसीको सत्याग्रह माग पूरा नभएसम्म कायम रहन्छ,’ पूर्व सभामुख दमननाथ ढुङ्गानाले भन्नुभयो, ‘तर उहाँको स्वास्थ्य स्थितिलाई ख्याल गरेर जसरी पनि काठमाडौं लानुको विकल्प भएन ।’ सँगै रहेका माथेमा र कार्कीले पनि ढुङ्गानाको भनाईमा सहमति जनाउनुभएको थियो । त्यस्तै केसीका निकट सहयोगी अभिषेक राज सिंह र सुरेन्द्र भण्डारीले पनि केसीको जीवन रक्षाकालागि यो पहल गरिएको वताउनुभएको थियो ।   

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement