विराटचोकः
माघ १५, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । प्रहरीका अनुसार तीव्र गतिमा रहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट विराटचौकले जनाएको छ ।
बालिकालाई ठक्कर दिए लगत्तै आक्रोसित बनेका स्थानीय बासिन्दाले टिपरमा आगजनी गरेका छन् । आगजनीबाट टिपरमा पूर्ण रुपमा क्षति पुगेको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीय बासिन्दाबाट छल्लिन भाग्दै गरेको सोही टिपर बेलेपुर चौक नजिकै पुगेर सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परे लगत्तै स्थानीयले टिपरमा मट्टीतेल र पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिनुभयो । दुर्घटनापछि स्थानीय बासि न्दाले सडकमा गुडिरहेका अन्य ७ वटा ट्रिपर पनि तोडफोड गरेका छन् ।
तोडफोड गरिएको मध्ये को १ ख ५८३३ नम्बरको टिपरको मात्रै नम्बर खुलेको छ। दुर्घटना लगत्तै विराटचौक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस प्रदर्शन गरिरहेका छन् । सडकमा टायर बालेर गरिएको प्रदर्शनका का रण त्यहाँको स्थिती तनावग्रस्त बनेको छ । विराटनगरबाट विराटचौक र विराटचौकबाट विराटनगरतर्फ कुनै पनि सवारी साधन चल्न दिइएको छैन । स्थानीय बासिन्दाले टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिती असामान्य बनेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुँगामुडा गरिरहेका छन् ।
स्थानीयको अवरोधका कारण घटनास्थलमा प्रहरी पुग्न नसक्दा त्यहाँको सडकमा गुडिरहेका सवारी साधनलाई पनि आक्रोसित बनेकाहरुले निशाना बनाइरहेका छन् । लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले प्रहरी र प्रशासन विरुद्ध चर्का ना रावाजी गरिरहेका छन् । आक्रोसित भीडलाई नियन्त्रणमा लिन जान खोजेको प्रहरी उक्त सडक खण्डको उत्तर र दक्षिणमा रोकिएर बसेको छ । प्रहरीलाई घटनास्थलमा जान नदिइकन स्थानीयले दुर्घटना गर्ने ट्रकमा आगजनी र अन्य ट्रकमा तोडफोड गरेका हुन् ।प्र हरी निरीक्षक रामकुमार राई नेत्रृत्वको टोली घटनास्थलमा जान खोजेको थियो ।
‘स्थानीय बासिन्दा आगजनी र ढुँगामुडामा उत्रिएका छन्,’ घटनास्थल हिंडेका एक प्रहरीले भने, ‘प्रहरी नै त्यहाँ पुग्न सक्ने स्थिती छैन ।’ घटनास्थलमा पुगेका एक÷दुई जना प्रहरीलाई समेत स्थानीय बासिन्दाले लखेटेका छन् । विराटनगरमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, पथरी, उर्लाबारी लगायतका स्थानबाट खटाइएको ठूलो संख्याको प्रहरी टोली घटनास्थलमा पुगेको छ । विभिन्न ठाउँमा पुगेको प्रहरी टोलीले स्थितीलाई नियन्त्रणमा लिन खोजे पनि सकिरहेको छैन