Advertisement
Advertisement
Advertisement
Advertisement

जोखिमपूर्ण यात्रामा रहेका १९ महिला फिर्ता

  |      16:25:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १३, राँझा । नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका नेपाली १९ महिलालाई फिर्ता गराइएको छ । नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरुलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक वसन्त बस्नेतले जानकारी दिनुभयो । 


उहाँका अनुसार शुक्रबार राति १० र शनिबार राति नौ जना गरी १९ महिलालाई फिर्ता गरिएको हो । “दिल्ली जाने बसमा जाँच गर्दा शङ्का लागेपछि माइती नेपाल र साना हात संस्थासँगको सहकार्यमा सोधपुछ र परामर्शका लागि रोक्ने गरेका छौँ”, इञ्चार्ज बस्नेतले भन्नुभयो, “कतिपयले खाडीमुलुक र इराक जानेसम्मका कुरा गरेकाले आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाउने गरेका छौँ ।” 


सीमा नाकाबाट फिर्ता हुनेमा मोरङ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गुल्मीका महिला रहेका छन् । उनीहरुलाई माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा राखेर परामर्श र पारिवारिक पुनरमिलनको लागि पहल भइरहेको माइती नेपालका संयोजक केशवराज कोइरालाले बताउनुभयो । 


“विभिन्न जिल्लाका महिला दाङ पुगेर दिल्लीको बस चढ्नु आफैँमा शङ्कास्पद कुरा हो, त्यसैले हामीले उहाँहरुलाई रोकेर परामर्श गरिरहेका छौँ” कोइरालाले भन्नुभयो, “परामर्शपछि धेरैजसोले आफ्नो यथार्थता बताइसक्नुभएको छ, उहाँको परिवारसँग सम्पर्क गरी पारिवारिक पुनरमिलन गराउँदैछौँ ।” 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement