Advertisement
Advertisement
Advertisement
Advertisement

जबर्जस्ती करणीका अधिकांश पीडक पक्राउ

  |      13:20:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १२, चितवन । जिल्लामा भएका जबर्जस्ती करणीका अधिकांश पीडकहरु पक्राउ गर्न प्रहरी सफल भएको छ । जबर्जस्ती करणीका घटना बढ्दै गएपछि त्यस्ता अपराधी माथि तत्काल निगरानी गरी अनुसन्धान तीब्र गर्ने गरेकाले पीडक पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ । 

 

 

 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार साउनयता जिल्लामा जबर्जस्ती करणीका ३१ घटना भएका छन् । यी घटनामा ३७ जना पीडक पक्राउ परेका छन् । गत महीना भएको एक घटनाको जानकारी दुई दिनपछि आएकाले दुईमध्ये एक जना पक्राउ पर्न नसकिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा एक जनाबाहेक अरु सबै पीडकलाई पक्राउ गरी कारवाही गरिएको छ । फरार एक जनाको खोजी कार्य तीब्र पारिएको उहाँले बताउनुभयो । 

 

 

 

जिल्लामा गतवर्ष ५५ वटा जबर्जस्ती करणीका घटनामा ६६ जना पक्राउ परेको र सात जना फरार रहेको प्रहरीले जनाएको छ । यस वर्ष पक्राउ परेकाहरु १६ वर्षदेखि ४० वर्ष उमेर समूहका धेरै रहेका छन् । घटनाका पीडकहरु चिनजानका बढी भएको तथ्याङ्कले देखाएको छ । पक्राउ परेकामध्ये चिनजानका २१ जना, आफन्त नौ जना र अपरिचित दुई जना रहेका छन् । प्रहरीले यसै अवधिमा जबर्जस्ती करणीको उद्योगमा सातवटा घटनामा सात जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा जबर्जस्ती करणीमा पक्राउ परेकामध्ये २५ जना पूर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement