Advertisement
Advertisement
Advertisement
Advertisement

जन्मदर्ता अभियान घरघरमा

  |      11:39:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १५,जाजरकोट । जन्मदर्ता गराउन छेडागाड नगरपालिकाले गाउँगाउँमा घुम्ती शिविर गरेर अभियान थालेको छ । जन्मदर्ता नगर्नेको सङ्ख्या अत्यधिक भेटिएपछि नगरपालिकाले घरघरमा गई तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालेको हो । 

 

 

कर्मचारीको चार समूह निमार्ण गरी घुम्ती शिविर सञ्चालन गरिएको नगर प्रमुख लालबहादुर महताराले बताउनुभयो । सो शिविरमार्फत नगरपालिकाले हालसम्म तीन हजार बालबालिकाको जन्मदर्ता गराएको छ । “जन्मदर्ता छुटेको भेटिएपछि अभियान थालिएको हो,” उहाँले भन्नुभयो । 

 

 

पाँच वर्षमुनिका बालबालिकाका लागि सरकारले बालपोषण अनुदानका लागि जन्मदर्ता भइसकेका सबैको विवरण आगामी फागुन मसान्तभित्र मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिसक्ने र आगामी चैतदेखि बालपोषण अनुदानवापत प्रतिमहीना रु ४०० का दरले उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । 

 

 

सहयोगले नगरपालिकाभित्रका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्थामा सुधार आउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले बताउनुभयो । बालश्रम र बालविवाह न्यूनीनकरण गर्नका लागि जन्मदर्ता महत्वपूर्ण छ । बालविवाह गर्ने तथा गराउनेलाई कानूनी दायरामा ल्याउन जन्मदर्ता अभियानबाट मद्दत पुग्ने उहाँको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement