Advertisement
Advertisement
Advertisement
Advertisement

छोरीकाे बिहे १६ वर्षभित्रै गर्नुपर्छ सांसद करिमा

  |      15:55:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १८, काठमाडौं । जनकपुरधाम । प्रदेश २ की सांसद करिमा बेगमले कानूनको आलोचना गर्नु भएको छ । बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै संघीय सरकारको पूर्वमन्त्रीसमेत रहनु भएको बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर गल्ती भएको बताउनु भएको हो ।

 

 

छोरीहरुको विवाहा १६ वर्षमा गर्दा उचित हुने उहाँको तर्क छ । छोरीहरुको विवाहको लागि २० वर्षसम्म कुर्दा छोरीहरु बिग्रन सक्ने समते उहाँले बताउनु भयो । उहाँले बैठकमा बोल्दै भन्नु भयो, ‘छोरीहरूको बिहेको लागि २० वर्षसम्म प्रतीक्षा गरियो भने बिग्रने डर भएकोले १६ वर्षभित्रै बिहे गर्नु उपयुक्त हुनेछ।’

 

 

छोरीको विवाह २० वर्षपछि मात्रै गर्न पाउने कानुनी व्यवस्थाले गर्दा भागी विवाह गर्नेको सङ्ख्य बढ्दै गएको उहाँले बताउनु भयो । आमाबुवाको इज्जत जोगाउन पनि कमै उमेरमा विवाह गर्नु उपयुक्त हुने उहाँले जिकिर गर्नुभयो ।

 

 

उहाँले प्रदेश २ ले छोरीहरूको सामूहिक विवाहको आयोजना गर्नुपर्ने सुझाव समते दिनुभयो । सामुहिक विवाहले गरिब आमाबुवालाई राहत मिल्ने उहाँको तर्क छ ।

 

 

यसअघि कृषि राज्यमन्त्री हुँदा राम्रो गाडी नदिएको भन्दै पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेर चर्चामा आउनु भएको थियो । पहिलो संविधानसभा निर्वाचन ९२०६४० सालमा पर्सा–१ बट चुनाव जितेकी करिमा बेगम ०६६ मा कृषि राज्यमन्त्री बनिनु भएको थियो ।

 

 

त्यस्तै बलात्कारबारे पनि उहाँले विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । युवतीले छोटो कपडा लगाएका कारण बलात्कारका घटना बढेको उहाँले बताउनु भएको थियो। त्यसपछि पनि उहाँ चर्चामा आउनु भएको थियो ।

 

 

समानुपातिकतर्फबाट प्रदेशसभा सांसद बनिनु भएको बेगम सङ्घीय समाजवादी फोरमको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।भदौ १ देखि लागू नयाँ पारिवारिक कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement