Advertisement
Advertisement
Advertisement
Advertisement

छोरासँगै आमा कक्षा आठमा

  |      10:09:00   |  
छोरासँगै आमा कक्षा आठमा

►प्रेम रौले 

फागुन १८, मार्तडी । हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षको हुनभयो । बर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन । 


निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्नुहुन्छ । अनि खाना खाएर विद्यालय जानुहुन्छ । अर्काको घर जाने भएकाले छोरीले नपढे पनि हुन्छ भन्ने मान्यतालाई निमकलाले तोड्नुभएको छ । 


विद्यालयको बेग्लै पोशाक भएपनि उहाँ भने धोती र चोली लगाएर जानुहुन्छ । निमकला गाउँको ठुलाकोट आधारभूत माध्यमिक विद्यालयमा छोरा सन्तोषसँगै कक्षा आठमा पढ्नुहुन्छ । पढ्दापढ्दै उमेर नपुग्दै बाबुआमाले विवाह गरिदिएको निमकलाको भनाइ थियो । माइतीघरमा पढ्न नपाएकाले छोरा पाएपछि पढ्ने सोच आएर विद्यालय भर्ना भएको उहाँले बताउनुभयो । पढ्ने रहर छ भनेपछि जेठो छोरासँग विद्यालय भर्ना गरिदिएको श्रीमान् सिउमलले बताउनुभयो । 


हिमाली गाउँपालिकाको कोटगाउँका ७० परिवारमध्ये अहिलेसम्म एकजना महिला पनि आठ कक्षा पास भएका छैनन् । निमकलाले भन्नुभयो, “गाउँमै पहिलो एसएलसी पास गर्ने इच्छाले म विद्यालय भर्ना भएकी हुँ ।” माइतीगाउँको बिच्छँयामा माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेको उहाँले बताउनुभयो । विवाह गरेर आएपछि उहाँको पढाइ बीचैमा छुट्यो । 


उहाँ भन्नुहुन्छ, “पहिला यहाँ प्राथमिक तहसम्म मात्र विद्यालय रहेको थियो । अहिले गाउँमै कक्षा ८ सम्म पढाइ हुने भएपछि पढ्ने रहर जाग्यो ।” निमकला कोटगाउँकी महिला स्वयंसेविकासमेत रहनुभएको छ । उहाँका तीन सन्तान छन् । जेठो छोरा ८, छोरी सुनकली ६ र कान्छो छोरा धनराज कक्षा ४ मा उक्त विद्यालयमा अध्यनरत छन् । 


निमकलाका श्रीमान् सिउमलले भन्नुभयो, “उनको पढ्ने रहर थियो, गाउँमै निमावि तहको विद्यालय पनि भएन्, बच्चा भएकाले पढ्न पाएकी थिइनन्”, आफूले पनि पढ्नका लागि सहयोग गरेपछि छोराछोरीसँगै विद्यालय जाने गरेको उहाँले सुनाउनुभयो । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद अवस्थीले निमकलाको पढ्ने इच्छा भएकाले विद्यालयमा भर्ना गरिएको बताउनुभयो । हिमाली गाँउपालिका–२ कोटगाउँ सदरमुकाम मार्तडीबाट चार दिनको दूरीमा रहेको छ । कोटगाउँका तीन पुरुषले मात्र एसएलसी पास गरेका छन् । 


उक्त गाउँमा स्थानीय युवा प्रायः सबै बेरोजगार छन् । गाउँमा कुनै समस्या आउँदा पैसा कमाउन भारतमा जाने गर्छन् । गाँउमा कक्षा ८ सम्म पढाइ हुने भए पनि माध्यमिक विद्यालय जान एक दिनको दूरीमा रहेको बिच्छँया मावि जानुपर्ने बाध्यता छ । उक्त गाउँका विद्यार्थी उच्च शिक्षा पढ्न दुई दिन लाग्ने गरेको कोल्टीमा जान्छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement