Advertisement
Advertisement
Advertisement
Advertisement

छोराछोरीको पढाइ खर्च जुटाउन बालुवा छान्दै

  |      13:55:00   |  
वेब तस्विर
वेब तस्विर

शेरबहादुर सिंह 

 पुस २६, भीमदत्तनगर ।  छोरा÷छोरीको अध्ययनदेखि लालनपालनसम्मको खर्चको जोहो गर्न विगत १३ वर्षदेखि द्रोपती खड्का महाकाली नदीको बगरमा बालुवा छान्दै हुनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर रहेपछि भीमदत्तनगरपालिका–११ भुजेलाका खड्काको हरेक वर्ष हिउँदको समय महाकालीमा गिट्टी, बालुवा र ढुङ्गा सङ्कलनमा समय खर्चिनु दैनिकी बनिसकेको छ । 

 

“छोराछोरीको अध्ययन खर्च जुटाउन पनि पुर्खौली सम्पत्ति भएन ।” उहाँले भन्नुभयो, “बगरमा परिश्रम गर्नु हाम्रो बाध्यता हो ।” द्रोपतीजस्तै यतिबेला महाकाली नदीको तटीय क्षेत्रका विपन्न समुदायको आर्थिक आयआर्जनको गन्तव्य महाकाली नदीको बगर बनेको छ । जिल्ला बाहिरबाट समेत अहिले बालुवा छान्न महाकाली किनारमा अस्थायी टहरा बनाएर परिश्रम गर्नेको सङ्ख्या पनि धेरै नै छ ।  बगरमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलन गरी बिक्री वितरण गर्दै आउनुभएकी खड्काले बगरमा गरिरहेको श्रम खर्चबाट परिवारको जोहो भइरहेको बताउनुभयो । “तीन छोराछोरी पनि स्कूल बिदा हुँदा बगरमै आएर मजदूरी गर्छन् ।” उहाँले भन्नुभयो, “नदी बगर त हाम्रो रोजगारस्थल नै हो ।” 

 

आफूसित भएको एक कट्ठा जमीनमा घरबास भएको बताउँदै उहाँले बालुवा छानेर बिक्री नगरेको दिन चामल खरीद गर्न नै समस्या हुने गरेको दुखेसो पोख्नुभयो ।  त्यसैगरी शुक्लाफाँटा नगरपालिकाका देवसिंह पाल पनि श्रीमतीसहित यतिबेला महाकाली बगरमै सङ्घर्षरत हुनुहुन्छ । “यहाँ दुई वर्षदेखि हामी दुवै जना काम गरेर घर खर्च चलाइरहेका छौँ ।” उहाँले भन्नुभयो, “बगरमा काम नगरेको दिन खानाको जोहो गर्न समेत मुश्किल पर्छ ।” भीमदत्तनगरपालिका–१२ का सङ्गीता औजी हरेक दिन बिहानपख छोराछोरीलाई स्कूल पठाएर आफू मजदूरी गर्न बगर धाउनुहुन्छ । 

 

“यस्तै कडा परिश्रमबाटै जिन्दगी चलाएका छौँ ।” उहाँले भन्नुभयो, “मुलुकमा जतिसुकै परिर्वतन आएपनि हाम्रा पीडा उस्तै छन् ।” महाकालीमा अवस्थीत दोधारा चाँदनी झोलुङ्गे पुलदेखि उत्तर भुजेलाको किनारसम्म दैनिक सयौँ महिला तथा पुरुष नदीजन्य वस्तु उत्खननमा लागेका छन् । यहाँ हरेक वर्ष स्थानीय तहले उक्त वस्तु उत्खननका लागि ठेक्का दिँदै आएको छ ।  पाँच वर्षदेखि नदीमा बालुवा छान्दै आउनुभएकी भुजेलाकी पूजा क्षेत्री सङ्कलित वस्तुको भाउमा समस्या रहेको बताउनुभयो । “दिनभरि थकानसमेत नमेटेर परिश्रम गर्छौं ।” उहाँले भन्नुभयो, “खरीद गर्न आउने सस्तो मूल्यमा माग्छन् ।” बगरमा बालुवा प्रति ट्रली रु दुई हजार, ढुङ्गा रु तीन हजार र गिट्टी प्रति ट्रली रु एक हजारमा बिक्री हुने गरेको छ । 

 

“हाम्रो त जिन्दगी नै बगरसितको सङ्घर्षले बाँचेको छ ।” बैतडीका डम्मरराम पार्कीले भन्नुभयो, “छोराछोरीका लागि खर्च जुटाउन यहाँ आएको हुँ ।” “बालुवा बेचेर चामल किन्नुपर्ने परिवारको अवस्था छ ।” उहाँले भन्नुभयो, “वर्षात्मा यहाँ उधारो खाद्यान्न किनेर गुजारा हुन्छ हिउँदको कमाइले तिर्न ठिक्क हुन्छ ।” भारत रोजगारीका लागि जानुभन्दा आफ्नै खोला नालामा सङ्घर्ष गर्नु उचित ठानेकाले आफू बैतडीबाट परिश्रम गर्न भुजेला आएको पार्कीको भनाइ छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement