Advertisement
Advertisement
Advertisement
Advertisement

छाउपडी अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक

  |      21:43:00   |  
वेब तस्विर
वेब तस्विर

 

फागुन ५, काठमाडौं । छाउपडी कुप्रथा अन्त्य गर्नका लागि भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ । 


सङ्घीय संसद्, प्रतिनिधिसभा महिला तथा समाजिक समितिअन्तर्गतको छाउपडी कुप्रथासम्बन्धी स्थलगत अध्ययन गर्न गठित उपसमितिले आज आफ्नो प्रतिवेदन समितिसमक्ष प्रस्तुत गर्दै छाउपडी कुप्रथा अन्त्यका लागि सबै सरोकारवाला निकायहरुको सहभागितामा जनचेतनामूलक कार्यक्रम र छाउगोठ भत्काउने तथा हटाउने कार्यक्रम सँगसँगै अगाडि बढाउनुपर्ने सुझाव दिएको हो । 


सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकमा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, “अझै पनि बाजुरा लगायतका जिल्लाका ग्रामीण क्षेत्रमा धामीझाँक्रीमाथि ठूलो विश्वास छ, त्यसैले छाउपडी लगायतका कुसंस्कारविरुद्ध मानसिक चेतना दिने विभिन्न सडक नाटक लगायतका कार्यक्रम सञ्चालन गरी छाउपडी लगायतका कुप्रथा अन्त्य गर्ने प्रयास गर्नुपर्ने आवश्यकता देखिन्छ ।” 


समितिका सदस्य गणेशसिंह ठगुन्नाको संयोजकत्वमा गठित सात सदस्यीय स्थलगत अध्ययन उपसमितिले यही माघ १६ देखि २१ गतेसम्म अध्ययन गरेको थियो । समितिले आवश्यक संशोधनसहित प्रतिवेदन पारित गरेको छ । समितिले समितिको कार्यक्षेत्र महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित समस्याका बारेमा छलफल गर्न सम्बन्धित क्षेत्रका विज्ञलाई आमन्त्रण गर्ने निर्णय गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement