माघ २, बाजुरा । जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो ।
छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौकीलगायत १४ स्थानबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न भाट आफै खटिनुभएको छ ।
“पहिलो चरणमा छाउगोठ रहेको स्थानको पहिचान तथा सङ्ख्या यकिन गर्ने रणनीति बनाएका छौँ,” भाटले भन्नुभयो । भाटको नेतृत्वमा बडिमालिका नगरपालिकाका नौ वडामा छाउगोठ पहिचान गर्न टोली खटिएको छ । हालसम्म बडिमालिका नगरपालिका–९ उखाडी, चौराटा, बडिमालिका २, १, ४ तथा त्रिवेणी नगरपालिकाका विभिन्न टोलमा छाउगोठको अवस्था अध्ययन गरिएको छ ।
“केही दिनमै जिल्लाको तथ्याङ्क बाहिर आउँछ,” भाटले भन्नुभयो । पीलुचौरले बाँधु आसपास र विमानस्थल सुरक्षागार्डको टोलीले कोल्टी बजार आसपासको गाउँमा तथ्याङ्क सङ्कलन गरिरहेको छ । ती ठाउँमा अहिलेसम्म ८० भन्दाबढी छाउगोठ भेटिएको छ । सबैभन्दा बढी त्रिवेणी नगरपालिकाको वडा नं ६ मा ४९ छाउगोठको रहेको पाइएको प्रहरी प्रमुख भाटले जानकारी दिनुभयो । “सबैको रोहवरमा छाउगोठ भत्काउँछौँ,” उहाँले भन्नुभयो, “गत साता बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि अभियान थालेका हौँ ।” रासस
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...