Advertisement
Advertisement
Advertisement
Advertisement

चार गाउँका बालबालिका विद्यालयको पहुँच बाहिर

  |      15:44:00   |  
वेब तस्विर
वेब तस्विर

► हेमन्त केसी 

माघ १३, जाजरकोट । बारेकोट गाउँपालिका–८ स्थित चारवटा गाउँका बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालयभन्दा गाउँ धेरै टाढा भएपछि यहाँका बालबालिका विद्यालय जान नपाएका हुन् । 

जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिका–८ का रिम्दारा, खालकाखुट्टे, डाँडाखानी, र माथिल्लो लैखम गाउँका सयौँ बालबालिका विद्यालय जानबाट वञ्चित भएको स्थानीयवासी रणबहादुर खत्रीले जानकारी दिनुभयो । 


चार गाउँका बालबालिका हाल विद्यालय रहेको साँघुतरामा जानका लागि तीन घण्टा बढी लाग्ने भएकाले जान नसकेको बताउँदै खत्रीले भन्नुभयो, “म आफैँ पनि ११ वर्षको उमेरमा विद्यालयमा पाइला टेकेको थिएँ ।” एक वर्षको उमेरमा विद्यालयमा कक्षा १ मा पढ्दा निकै अप्ठ्यारो महसुस भएको अनुभव सुनाउँदै खत्रीले थप्नुभयो, “मेरो उमेरका अधिकांश साथीभाइ, दिदीबहिनीले विद्यालयको मुख नै देख्न नपाई अहिले निरक्षर छन् ” । 


पछिल्लो समयमा गाउँगाउँमा विद्यालय खोल्ने होडबाजी नै चलेपनि यहाँको चार गाउँलाई सम्बोधन हुने गरी विद्यालय सञ्चालन नहुँदा सयौं बालबालिका विद्यालयसम्म पुग्न पाएका छैनन् । आधारभूत विद्यालय पढ्ने उमेरमा कक्षा १ मा भर्ना हुँदा यहाँका सयौँ बालबालिका बीचमै पढाइ छोड्ने गरेको अर्का स्थानीयवासी हरिबहादुर खत्रीले बताउनुभयो । 


खत्री भन्नुहुन्छ, “अन्य बालबालिका सानै उमेरमा आधारभूत तहमा पढ्छन्, हाम्रा छोराछोरी सोही उमेरमा कक्षा १ मा पढ्न जाँदा लाजले विद्यालय नै जान नमान्ने गरेका छन्, घर नजिक विद्यालय भएको भए सानै उमेरमा विद्यालय गएर सबै विद्यार्थीसँग समान उमेर हुने थियो” । 


दलित समुदायबाहेक अन्य समुदाय बसोवास गर्ने यी चार गाउँमा यहाँका स्थानीयवासी बसोवास गरेदेखि हालसम्म विद्यालय स्थापना हुन सकेको छैन । हाल भगवती आधारभूत विद्यालय रहेको साँघुतरामा पुग्न चार गाउँका बालबालिकालाई फलामको चिउरा चपाउनु सरह भएको अभिभावकहरु बताउँछन् । 


लैखम गाउँमा विद्यालय स्थापना भएमा यहाँका चार गाउँका बालबालिका विद्यालयको पहुँचबाट टाढा हुनु नपर्ने अर्का स्थानीयवासी जयबहादुर खत्रीले बताउनुभयो । 


नलगाड नगरपालिका–५ सिर्केस्थित जुनिबाल संरक्षण मावि साँघुतराबाट १५ मिनेटको दुरीमा रहेको छ । यता भने चार गाउँका बालबालिका विद्यालय आउन तीन घण्टा लाग्ने गरेका कारण विद्यालयको मुख देख्न नपाउने समस्या भएको खत्रीको भनाइ छ । शिक्षा मात्र होइन, यहाँका स्थानीयवासी सञ्चार, विद्युत्, स्वास्थ्य सेवाबाट समेत वञ्चित रहेका छन् । 


चारबाट गाउँका स्थानीयवासीले तत्कालीन जिल्ला शिक्षा कार्यालय र हालको गाउँपालिकामा पटक÷पटक विद्यालय स्थापना गर्न माग गरेपनि त्यसको सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । चार गाउँका स्थानीयवासीलाई स्वास्थ्य सुविधा लिनका लागि सेपुखोलास्थित स्वास्थ्य संस्था आउन झण्डै चार घण्टा समय बिताउनुुपर्ने बाध्यता रहेको छ । 


चार गाउँका बालबालिकाको पढ्नका लागि घर नै छोड्नुपर्ने बाध्यता कायम रहेसम्म उनीहरु शिक्षाको आधारभूत अधिकारबाट बञ्चित रहनु पर्ने हुन्छ । सरकारले यसअघि नै जाजरकोटलाई साक्षर जिल्लाको रुपमा घोषणा गरिसकेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement