Advertisement
Advertisement
Advertisement
Advertisement

घोषणापत्र जारी गर्दै पत्रकार महिलाको सम्मेलन सम्पन्न

  |      15:28:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १८, चितवन । पर्यटकीय नगरी पटिहानीमा जारी पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बुँदे  पटिहानी चितवन घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । पटिहानीमा १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा २०० बढी पत्रकार महिला सहभागी थिए । 

 

 

बन्दसत्रमा सहभागीले उठाएका मुद्दालाई समावेश गर्दै जारी गरिएको घोषणापत्रमा सरकारी सञ्चारमाध्यम, आयोग, समिति, सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको तत्काल कार्यान्वयनका लागि माग गरिएको छ । 

 

 

आधारभूत र बिषयगत तालीमको ब्यबस्था मिलाउन माग गर्दै सम्मेलनले भौतिक र पेशागत सूरक्षाको सुनिश्चितताका लागि पेशागत स्थायित्वको उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । श्रम ऐनले व्यवस्था गरेका सुविधा उपलब्ध हुन नसककेको निष्कर्ष निकाल्दै सम्मेलनले हरेक सञ्चारमाध्यममा आन्तरिक लैङ्गिक नीति अनिवार्य रूपमा बनाई कार्यान्वयन गर्न सुझाएको छ । 

 

 

नीतिगत र नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित भइनसकेको ठहर गर्दै सम्मेलनले महासङ्घको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अङ्गिकार गरी अध्यक्ष वा महासचिव एक महिला हुनुपर्नै अनिवार्य व्यवस्था गर्न नेतृत्वको ध्यानाकर्षण गराइएको छ । अधिकांश सञ्चारमाध्यमले पत्रकार नियुक्ति र पदोन्नति गर्दा समावेशी नीति अपनाएको नपाइएको भन्दै त्यो अवस्था तत्काल सुधार्न सञ्चालकलाई आह्वान गरिएको छ । 

 

 

देशभरबाट आएका सहभागीले पत्रकार महिलाका विशेष अवस्थालाई मध्यनजर गर्दै हरेक सञ्चारमाध्यममा शिशु स्याहार केन्द्रको अनिवार्य व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ । सरकारले व्यवस्था गरेको सुत्केरी बिदालाई पाँच महीना पु¥याउने गरी नीतिगत निर्णय गर्नुपर्ने माग गर्दै सो विषयमा ठोस निर्णय नहुँदासम्म हाल रहेको व्यवस्थालाई कार्यान्वयन गर्न पनि माग गरिएको छ । 

 

 

सुत्केरी बिदा बसेकै कारण कतिपय पत्रकार महिलाको पदोन्नति रोकिएको सुनिनमा आएकाले अब आयन्दा पदोन्नतिमा बाधा अवरोध नपुर्याउन अनुरोध गरिएको छ । घोषणापत्रको नौ नं बुँदामा नेपाल पत्रकार महासङ्घले घोषणा गरेको राष्ट्रियस्तरको आम सञ्चार प्रतिष्ठान चितवनमा निर्माणका लागि तुरुन्त पहल गर्न आग्रह गरिएको छ । 

 

 

नेपाल सरकारले पहिचान गरेको नयाँ पर्यटकीय गन्तव्यमा पश्चिम चितवनको पटिहानीसमेत परेकामा स्वागत गर्दै पटिहानीलगायत पश्चिम चितवनको पर्यापर्यटनलाई लैङ्गिकमैत्री बनाउँदै विकासका लागि थप योजना ल्याउन भेलाले नेपाल सरकारसँग माग गरेको छ । 

 

 

घोषणापत्र निर्माणका लागि दुर्गा कार्कीको संयोजकत्वमा गठित मस्यौदा समितिमा राधेश्याम खतिवडा, सुचित्रा श्रेष्ठ, शान्ता अधिकारी, गङ्गा पौडेल बराल, कमला पन्थी, रिङ्कु मिश्र, विमला भण्डारी र सञ्चिता घिमिरे सदस्य रहनुभएको थियो । सम्मेलनको बिहीबार एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement