Advertisement
Advertisement
Advertisement
Advertisement

घर फर्केनन् विद्यालय गएका शिक्षक

  |      21:51:00   |  
घर फर्केनन् विद्यालय गएका शिक्षक

भदौ २२, नवलपरासी। नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् । 

 

नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं देबचुली नगरपालिकामा रहेको विश्वज्योति बोर्डिङ स्कूलमा पढाएर घर नफर्किएको भनी परिवारजनले प्रहरीमा निवेदन दिएका हुन् । 

 

गत भदौ १६ गते शुक्रबार विद्यालयमा पढाएर हिँडेका रामप्रसाद घर नआएपछि बुधबार प्रहरीमा श्रीमती संगिता र बुबा दुर्गादत्त चापगाईंले निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

 

रामप्रसादकी श्रीमती संगिताले भनिन्, …विद्यालयबाट ४ बजे निस्किएको विद्यालय प्रशासनले जानकारी दियो तर पाँच दिनसम्म पनि उहाँ आउनुभएन । फोन सम्पर्क गर्दासमेत सम्पर्क हुन नसकेको उनले बताइन् । 

पैसट्ठी वर्षीय बुबा र २५ वर्षीया श्रीमतीले प्रहरीमा निवेदन पेश गर्दै भने, आउनुहुन्छ होला भन्दै बाटो हेरेको हेरै भइयो, तर आउनुभएन, त्यसैले प्रहरीमा निवेदन दर्ता गर्न आएका हौँ । 

 

रामप्रसाद के कारणले हराए भन्ने विद्यालय र परिवारलाई थाहा छैन । कावासोतीबाट चार किलोमिटर दूरीमा रहेको उक्त विश्वज्योति बोर्डिङ्मा उनी गत वैशाखदेखि पढाउन थालेका थिए । 

 

बालिका बेपत्ता 

यसैबीच, नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारीको एक बालिका बेपत्ता भएकी छिन् । 

 

आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीसँग पौडी खेलिरहेको अवस्थामा तीनजना साथी घर फर्के तर अस्मिता दाईको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको आमा आशाले जानकारी दिए।  

 

गहुँगोरो वर्णकी आकासे रङको सर्ट र निलो स्कर्ट लगाएकी अस्मितालाई भेट्नु हुने वा देख्नुहुने जो कोहीले तुरुन्त परिवारलाई अथवा नजिकैको प्रहरीमा खबर गरिदिनका लागि हराएकी बालिकाकी आमा आशाले आग्रह गरे ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement