Advertisement
Advertisement
Advertisement
Advertisement

घरेलु हिंसाका कारण सम्बन्धविच्छेद

  |      16:37:00   |  
घरेलु हिंसाका कारण सम्बन्धविच्छेद

भदौ १२, तेह्रथुम। पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै गएको छ । 

 

विभिन्न प्रकृतिका घरेलु हिंसा भएको मुख्य कारण देखाउँदै महिलाले आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद गर्ने क्रम बढेको हो । 

 

जिल्लामा वर्षेनी सम्बन्धविच्छेद गरेर श्रीमान् त्याग्ने महिलाको संख्या बढ्दै गएको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । जिल्ला अदालतले फैसला सुनाएकामध्ये पछिल्ला तीन आवमा जिल्लाका ८४ जोडीले सम्बन्धविच्छेद गरेका छन् । 

 

अदालतको तथ्यांकअनुसार आव २०७१/७२ मा २९ जनाले सम्बन्धविच्छेद गरे । आव २०७२/७३ मा यो संख्या बढेर ३६ पुग्यो भने आव २०७३/७४ मा पनि जिल्ला अदालतले १९ वटा सम्बन्धविच्छेदका फैसला सुनाएको छ । 

 

अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा रहेका छन् । अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकोे स्रेस्तेदार अम्बिकाप्रसाद दाहालले बताउनुभयो । साधारणतया श्रीमान्–श्रीमतीबीच सामान्य विवादमै हुने कुटपिट, झैझगडा, यौन हिंसालगायत घरेलु हिंसाका विषयलाई लिएर महिलाले अंशसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढिरहेको स्रेस्तेदार दाहालले बताउनुभयो । 

 

सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एक अर्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पुर्‍याउने गरेको देखिएको छ । 

 

सानै उमेरमा विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा सम्बन्धमा खटपट सिर्जना भई विच्छेद हुने गरेको स्रेस्तेदार दाहालले बताउनुभयो । 

 

जिल्लामा पछिल्ला वर्षहरुमा ६० प्रतिशत बढीले घरेलु हिंसा सहन नसकेरै सम्बन्धविच्छेदको बाटो रोजिरहेको अधिवक्ता नारायण लुइँटेलले बताउनुभयो । ँविभिन्न कारणले सम्बन्धविच्छेद गरिपाऊँ भनी महिलाले निवेदन गर्छन् तर त्यसमध्ये अधिकांश घरेलु हिंसा नै मुख्य कारण छन्”, उहाँले भन्नुभयो । 

 

एक महिनामा करिब तीनदेखि चारजना महिलाले कानूनीरुपमा श्रीमान्बाट सम्बन्धविच्छेद गर्ने गरेको तथ्यांकले देखाएको उहाँले बताउनुभयो । 

 

"घरेलु हिंसाको कारण बताएर श्रीमान्सँग सम्बन्ध तोड्नेको संख्यामा बढोत्तरी भइरहेको छ”, लुइँटेलले भन्नुभयो– "श्रीमान्सँग खान लाउन नदिएको, सौता हालेको, मदिरा सेवन गरी कुटपिट गरेको, परिवारले हेला गरेको, यौन सम्पर्क राख्न नाजायज दबाब दिने गरेको जस्ता कारणबाट महिलाले अदालतमा मुद्दा दर्ता गर्ने गरेका छन् ।” 

 

अभिभावकले सम्बन्धविच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोविज्ञानमा नराम्रो असर पर्ने गरेको छ । बालविवाहको न्यूनीकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शंका गर्ने बानी हटाउन जरुरी भएको अधिवक्ता लुइँटेल बताउनुहुन्छ । 

 

नेपालमा महिलाको एकल निर्णयको आधारमा सम्बन्धविच्छेद गर्न सकिने कानूनी व्यवस्था रहेकाले पनि थप सजिलो भएको उहाँले बताउनुभयो । निवेदन दिएको ९० दिनभित्र सम्बन्धविच्छेदको निर्णय दिनुपर्ने व्यवस्था कानूनले गरे पनि सामान्यतया २२ दिनपछि अन्तिम टुंगो लगाउने प्रक्रियामा जान्छ । अंश दाबी गरिएको हकमा भने केही ढिलाइ हुने गरेको अदालतले जनाएको छ । 

 

मुलुकी ऐनको ११औँ संशोधनले २०५८ असोजबाट महिलाले श्रीमान्को अंश (सम्पत्ति) दाबी गर्न पाउने व्यवस्था गरेपछि यसको माग बढेर आएको बताइएको छ । अदालतमा सम्बन्धविच्छेदका लागि दर्ता भइसकेका महिलाले भने श्रीमान्सँग मिलापत्रको प्रयास गर्दा पनि अस्वीकार गर्ने गरेका छन् । 

 

तर मुद्दा दर्ता पूर्व भने श्रीमतीलाई मुद्दा दर्ता गर्न त्यति धेरैले सल्लाह नदिने गरेको बुझिएको छ । "महिलाले हदभन्दा बढी हिंसा भोग गरेर पनि अदालतको पहुँचमा नपुग्दा केही गर्न नसक्ने अवस्था छ, त्यसैले अहिले देखिएको सम्बन्धविच्छेदका घटना दर्तालाई हेरेर त्यत्ति धेरै आश्चर्य मान्नुपर्ने कारण छैन”, जिल्ला महिला सञ्जालकी अध्यक्ष कमला दर्नाल भन्नुहुन्छ । 

 

जिल्लामा सम्बन्धविच्छेदपछि पनि श्रीमान्–श्रीमती मिलेर बसेका समेत केही उदाहरण रहेको अधिकारकर्मीहरु बताउँछन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement