Advertisement
Advertisement
Advertisement
Advertisement

घरमा हुने सुत्केरी शून्य वडा घोषणा

  |      13:42:00   |  
घरमा हुने सुत्केरी शून्य वडा घोषणा

फागुन २०, बैतडी ।मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि बैतडीको पुर्चौडी नगरपालिका–७ कोटीला घरमा हुने सुत्केरी शून्य वडा घोषणा भएको छ । 


घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई आइतबार एक कार्यक्रमका बीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको कोटीला स्वास्थ्यचौकीका इञ्चार्ज सुमन लुहारले जानकारी दिनुभयो । गएको एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमित रुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो । 


कोटीला पुर्चौंडी नगरपालिकाको तेस्रो र जिल्लाको १२ औँ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । पुर्चौंडीको वडा नं १ हाट र वडा नं ५ कुवाकोट यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका थिए । 


त्यसैबीच पुर्चौंडी नगरपालिकाले नगरपालिकाका २० जना अनाथ तथा टुहुरा बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले प्रत्येक वडाका दुई/दुई जनालाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको शाखा प्रमुख सरिता अवस्थीले जानकारी दिनुभयो । 
 

 

अनाथ तथा टुहुरा बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले सो कार्य गरिएको होे । नगरपालिकाले चालू आर्थिक वर्षमा टुहुरा तथा अनाथ बालबालिकाका लागि रकम छुट्याएको र सोही रकमबाट पोशाक र शैक्षिक सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement