Advertisement
Advertisement
Advertisement
Advertisement

गोलभेँडा खेतीबाट मनग्य आम्दानी

  |      18:07:00   |  
गोलभेँडा खेतीबाट मनग्य आम्दानी

भदौ १७, पाल्पा। रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ । । 

 

"गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,” बम्रेलले भन्नुभयो,– ँगोलभँेडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी यहाँ नै लिन सकिन्छ ।” गोलभेँडा खेतीबाट अहिले रु १० लाखसम्म आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । 

 

श्रम र पसिना पोखे स्वदेशका भिरपाखमा पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण म आफैं बनेको छु, बम्रेल भन्नुभयो – ँराम्रो आम्दानी हुन थालेपछि अहिले यहाँका युवाहरु जग्गा भाडामा लिएर भए पनि गोलभेँडा खेती शुरु गरेका छन् ।” 

 

अर्का युवा तिलक रानाले पनि भाडाकै जग्गामा गोलभेँडा खेती गरेर वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन थालेका छन् । राम्रो आम्दानी हुन थालेपछि उनी पनि गोलभेँडा खेतीमा हौसिएका छन् । गाउँमा गोलभेँडा खेतीबाट रु ५० हजारदेखि १० लाखसम्म आम्दानी लिनेको संख्या वर्षेनी बढ्दै गएका छन् । 

 

गोलभँेडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेशिने युवाको संख्यामा पनि यहाँ कमि हुँदै गएको छ । व्यावसायिक गोलभेँडा खेतीबाट मनग्य आम्दानी हुन थालेपछि सयौँ घरपरिवारको जीवनस्तरमा समेत सुधार आएका छन् । गोलभँेडा खेतीबाट जीवनस्तरमा सुधार आएपछि यहाँका परिवारमा खुशी छाएका छन्। 

 

पाल्पाली गोलभँेडाको माग बजारमा एकदमै राम्रो रहेको र यस वर्ष मूल्य पनि राम्रो भएकाले किसान आफ्नो बारीको गोलभेँडाको बोटलाई निकै स्याहार गर्न व्यस्त देखिन्छन् । 

 

गोलभेँडाको बजार मूल्य अहिले प्रतिकिलो रु १०० को हाराहारी छ । गत वर्र्षभन्दा यस वर्ष प्रतिकिलो रु ७० देखि ८० बढी पाउने भएपछि किसान खुशी भएको मुझुङ्ग कृषि सहकारी संस्थाका सदस्य चन्द्रवीर कार्कीले बताउनुभयो । 

 

बजारको समस्या झेल्न नपर्ने भएपछि किसानलाई गोलभेँडा खेती गर्न झनै सजिलो भएको छ । सहकारीले बजार व्यवस्थापन, मल, बीउ, प्राविधिक सहयोग र ऋणसमेत व्यवस्था गरेपछि गोलभँेडा खेतीमा स्थानीय आकर्षित बनेका हुन् । 

 

यहाँ उत्पादित गोलभेँडा सदरमुकाम तानसेन र बुटवलमा मात्र बिक्री हुँदै आएकोमा यतिखेर पोखरासम्म बिक्री हँुदै आएका छन् । यहाँ दैनिक ५० देखि ६० क्विन्टल गोलभँेडा उत्पादन हुँदै आएको बजार व्यवस्थापनका संयोजक अम्बरबहादुर कार्कीले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement