Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवतीलाई एम्बुलेन्स सेवामा छुट

  |      15:13:00   |  
वेब तस्विर
वेब तस्विर

पुस १४,  सिन्धुली । शिशु मृत्युदर कमी गर्न सिन्धुलीको तीनपाटन गाउँपालिका–नं वडाले गर्भवती महिलालाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर राउतको अध्यक्षतामा भएको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो । वडामा रहेका गर्भवतीलाई पनि प्रसूति गराउन स्वास्थ्य संस्थामा जान सहजता प्रदान गर्न यस्तो निर्णय गरिएको वडाध्यक्ष राउतले जानकारी दिनुभयो । 

 

चालु आर्थिक वर्षदेखि हालसम्म छ वटा नवजात शिशुको घरैमा सुत्केरी गराउँदा ज्यान गएपछि गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य संस्थामा एम्बुलेन्सबाट लैजाँदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको उहाँले बताउनुभयो । कतिपयले घरमा नै प्रसूति गराउँदा नवजात शिशुमा समस्या नहुने तर आमामा विभिन्न समस्या भएको भन्दै स्वास्थ्य उपचारका लागि वडामा आर्थिक सहयोग माग्ने र आर्थिक सहयोगका लागि सिफारिस लिन आउने क्रम बढ्न थालेपछि वडाले यस्तो निर्णय गरेको उहाँको भनाइ छ । 

 

पैंसठ्ठी प्रतिशतभन्दा बढी गर्भवतीले घरमा नै प्रसूति गराउने गरेको वडा अध्यक्ष राउतले बताउनुभयो । पहिलो पटक वडाले गर्भवतीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको र यो प्रभावकारी भएमा विस्तारै थप गर्दै जान सकिने उहाँको भनाइ छ । घरमा नै प्रसूति गराउने महिलामा आङ खस्नेलगायतका विभिन्न रोग लाग्ने गरेको छ । गर्भवती महिलाले घरमा नै बसेर सुत्केरी गराउँदा आमा र बच्चा दुबैको ज्यान जोखिम भएको भन्दै सुरक्षित मातृत्वका लागि यस्तो निर्णय गरिएको र यस निर्णय माघ १ गतेदेखि कार्यान्वयन हुने उहाँको भनाइ छ । 
वडाले स्वास्थ्य संस्थाले प्रदान गर्ने जन्म प्रमाणपत्रका आधारमा बालबालिकाको जन्म दर्ता गर्ने र जन्म प्रमाणपत्र पेश नगरेमा जन्म दर्ता गराउन रु ५०० लाग्ने पनि वडाले निर्णय गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement