माघ २५, बलेवा । बागलुङ नगरपालिकाले गर्भवतीको पोषण प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिका–५ मा रहेका गर्भवती महिलालाई अण्डा तथा क्याल्सियम वितरण गरेर पोषण प्रबद्र्धन कार्यक्रम थालिएको हो । महिला गर्भावस्थामा रहँदा अत्यधिक मात्रामा पोषणको आवश्यकता हुने भएकाले बागलुङ नगरपालिकाले पोषण प्रवद्र्धक अण्डा तथा क्याल्सियम वितरण गरिएको वडाअध्यक्ष शिव सापकोेटाले बताउनुभयो ।
गर्भावस्थामा महिला तथा शिशुको शारीरिक वृद्धि विकास र प्रतिरक्षाका लागि आवश्यक पोषण अण्डा तथा क्याल्सियमबाट प्राप्त गर्न सकिने भएकाले यसको उपभोग गर्न प्रेरित गर्ने उद्देश्यले वितरण गरिएको सापकोटाले बताउनुभयो ।
सुनौलो हजार दिनको अवधिमा बच्चाको मष्तिष्कको ९० प्रतिशत विकास हुने भएकाले शक्ति तथा शारीरिक वृद्धि विकासमा मद्दत पु¥याउने स्थानीय मकै, कोदो, दूध, दही, माछामासु, गेडागुडी, फलफूल तथा सागपातको उपभोग गर्न वडा कार्यालयले गर्भवती र सुत्केरी महिलालाई आग्रह गरेको छ । पहिलो चरणमा स्थानीय २० जना गर्भवती महिलालाई अण्डा तथा क्याल्सियम वितरण गरिएको छ ।