Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै

  |      15:44:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १६, तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । 


गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट, ढाललगायत साधन प्रयोग गर्न झन्झट मान्ने गरेका कारण गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी एवं नर्सिङ इञ्चार्ज जमुनादेवी शर्मा वाग्लेले बताउनुभयो । “मानिसमा जनचेतना हुँदाहुँदै पनि चरम लापरवाही गर्ने गरेको देखिन्छ,” उहाँले भन्नुभयो, “कतिपय महिलाले त वर्षमा दुई÷तीन पटकसम्म गर्भपतन गराउन आउने गरेको पाइन्छ ।” 


“गर्भपतन गराउन औजर प्रयोग गर्नुपर्दा रक्तस्राव हुन सक्ने, पाठेघरमा सङ्क्रमण हुन सक्ने र पाठेघरमा प्वाल पर्न गएमा मानिसको मृत्युसमेत हुन सक्छ,” सूचना अधिकारी वाग्लेले भन्नुभयो, “तैपनि महिला शल्यक्रिया गर्न नै रुचाउँछन् । एक चक्की पिल्सले गर्भनिरोध हुन्न भन्ने भ्रम अझै महिलामा रहेका कारणले पनि गर्भपतन गराउने सङ्ख्या बढेको हो ।” उहाँले भन्नुभयो, “महीनावारी भएको पाँचदेखि निरन्तर एक महीनासम्म पिल्स चक्की खानुपर्छ । पछिल्लो समय गर्भपतन गराउन आउने २० वर्षमुनिका युवतीको सङ्ख्या नगण्य मात्रामा रहेको छ,” सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो । अहिले अस्पतालमा २० वर्षमाथिका विवाहित महिला नै बढी मात्रामा गर्भपतन गराउन आउने गरेका छन् । 


गर्भपतन गराउन आउने महिलामा पहिलो स्थानमा आदिवासी जनजाति, दोस्रो स्थानमा दलित, तेस्रो स्थानमा ब्राह्मण क्षेत्री समुदायका महिला रहेको उक्त अस्पतालको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष ३०२ को गर्भपतन गरिएकामा यस आवको साउनदेखि पुस मसान्तसम्म १५९ महिलाको गर्भपतन भइसकेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement