Advertisement
Advertisement
Advertisement
Advertisement

गरीबीका कारण सानै उमेरमा विवाह

  |      16:21:00   |  
वेब तस्विर
वेब तस्विर

 


– हेमन्त केसी 

 

 पुस २, जाजरकोट ।  पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ । 

 

उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयका शिक्षिका नन्दा शाहीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका छात्राको उमेर नपुग्दै बिहे हुने गरेको छ । विभिन्न आर्थिक प्रलोभनमा परेर, कम उमेरमा बिहे गर्नेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । आर्थिक अवस्था कमजोर भएका परिवारका छोरी धनीसँग बिहे गरेमा राम्रो लगाउने, मीठो खाने भ्रमका कारण छिटो बिहे हुने गरेको छ । कम उमेरका छात्रा र छात्र देखासिकी गरेर लहलहैमा बिहे हुने गरेको पनि पाइएको छ । 

 

अभिभावकको उक्सावट, सानै उमेरमा नाति, नतिना देख्ने सोचका कारण अधिकांशको सानै उमेरमा बिहे हुने गरेको छ । गैरदलित भन्दा दलित समुदायका छात्रछात्रा सानै उमेरमा बिहे गर्ने गरेको शिक्षक बताउँछन् । विद्यालयमा कक्षा छोड्नेको सङ्ख्या दलित समुदायकै रहेको पाइन्छ । स्थानीय सरकार, विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने सङ्घ, संस्थाले बालविवाह न्यूनीकरणका लागि अभियान चलाए पनि दुरदराजको भू–भागमा सानै उमेरमा बिहे गर्नेको सङ्ख्या अत्यधिक रहेको छ । 

 

जिल्लामा बिहे गर्ने उमेरका अधिकांश किशोरीहरु आमा बनेका छन् । ग्रामीण क्षेत्रमा सञ्चार माध्यमको पहुँच नहुनु र आमा, बाबाले छिटो नातिनातिना भएको देख्ने चाहनाले गर्दा बालविवाहको क्रम रोकिएको छैन । खासगरी बालिकालाई रजस्वला हुनुअघि नै बिहे गरिदिनु पर्छ भन्ने मान्यता पनि कतिपय समुदायमा रहेको छ । 
बिहेपछि पढाइ र आमा, बच्चाको अवस्था कमजोर भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । विद्यालयमा पढ्दापढ्दै बिहे गर्दा अधिकांशले पढाइ छाडेर घर सम्हालेर बसेका छन् । केहीले सानै उमेरमा बिहे भएकामा पछि पछुतो मान्ने गरेको पनि शाह बताउनुहुन्छ । विद्यालयमा पढ्दापढ्दै धेरैजसो छात्रछात्राको विवाह हुने गरेकाले उनीहरुले पढाइलाई निरन्तरता दिन नसकेको सेफ द चिल्डे«नका मनोज सुनुवारले जानकारी दिनुभयो । 

कम उमेरमा विवाह गरेर उमेर नपुग्दै आमा बन्दा मानसिक, शारीरिक असर पर्नुका साथै बिहे गर्ने उमेरमा सम्बन्ध विच्छेद हुने घटना बढेको छ । जिल्ला अदालतको एक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा दर्ता भएको ५१ वटा सम्बन्ध विच्छेदका मुद्दामा ४१ जोडीको उमेर ३० वर्ष मुनि रहेको छ । यी सबै सम्बन्ध विच्छेद गर्ने जोडीको विवाह १९ वर्ष नपुग्दै भएको थियो । मुलुकी देवानी तथा फौजदारी संहितामा २० वर्ष नपुग्दै विवाह गरेको पाइए बालविवाह ठहर हुने उल्लेख छ । 

 

बालबालिकाको स्थिति प्रतिवेदन अनुसार जाजरकोटमा ६७ हजार ३३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै ४९ हजार ८६२ अर्थात ७४ प्रतिशतले विवाह गर्ने गरेका छन् । प्रतिवेदन अनुसार १६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेको उल्लेख छ । १० देखि १४ वर्षसम्मका पाँच हजार ६६८ जनाले बालविवाह गरेका छन् । 

 

त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । बालविवाह गर्नेमा बालकको तुलनामा बालिकाको सङ्ख्या धेरै रहेको छ । बालविवाह गरेकामध्ये ६२ दशमलब ८७ प्रतिशत बालिका र ३७ दशमलब १३ प्रतिशत बालक रहेका छन् । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement