माघ २९, काठमाडौं । महानगरीय प्रहरी बूढानीलकण्ठले सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–६ स्थित रेखा तिवारीको घरबाट गरगहना चोरी गर्ने बाराका रुपेश यादवलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले तिवारीको घरमा रङरोहन गर्न आएको बेला चोरी गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । तिवारीसँग प्रहरीले एक तोला सुनको औँठी, सिक्री र नगद पाँच हजार बरामद गरेको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।