Advertisement
Advertisement
Advertisement
Advertisement

केरा बेचेर वार्षिक ५० लाख कमाइ

  |      17:35:00   |  
वेब तस्विर
वेब तस्विर

►धु्रवसागर शर्मा 

माघ २९, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक रु ५० लाखसम्म कमाउन सफल भएका छन् । 

 

गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केरा खेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकले बताएका छन् । खबराका अगुवा कृषक शोभित सापकोटाका अनुसार यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक रु ५० लाख भित्र्याउने गरेका छन् । 

 

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न बालीको खेती हुने खबरा अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताउनुभयो । 

“यहाँका सबै कृषकले केरा खेती गरेका छन्, गाउँको करीब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ”, सापकोटाले भन्नुभयो, “खबराको मुख्य आम्दानीको स्रोत भनेकै केरा खेती हो ।” सापकोटाका अनुसार विगत तीन वर्षदेखि यहाँका कृषकले व्यावसायिक केरा खेती शुरु गरेका हुन् । करीब १५० घरधुरीको बसोबास रहेको खबराका बासिन्दाले केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केरा खेती गरेका छन् । 

 

खबराकी जाँगरिली महिला तारा कुँवरको जीवनस्तर पनि केरा खेतीबाटै फेरिएको छ । वार्षिक रु तीन लाखको केरा बिक्री गर्दै आएकी कुँवरले केरासँगै तरकारी खेती पनि गर्नुभएको छ । “वार्षिक रु दुई लाखदेखि तीन लाखसम्म केरा बेचेर कमाइ हुन्छ, यहाँको आम्दानीको मुख्य माध्यम भनेकै केरा खेती हो”, कुँवरले भन्नुभयो । करीब ५० घरले बगैँचा नै बनाएर व्यावसायिक केरा खेती गरेका छन् । १०र१५ घारी केरा नलगाएको घर नै छैन । मानबहादुर थापा, बलबहादुर कुँवर, घनश्याम सापकोटालगायत केही कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा भित्र्याएका थिए । 

मजदुर अभावमा खाद्यबाली हुने जमीन बाँझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी बलबहादुर कुँवरले बताउनुभयो । खबराको केरा बेनीमा खपत हुन्छ । “केरा बेचेर वार्षिक रु ५० हजारदेखि ६० हजार आम्दानी नगर्ने खबरामा कुनै घर नै छैन”, कुँवरले भन्नुभयो । दैनिक पाँचभारीका अनुपातमा खबराबाट बेनीमा केरा बिक्रीका लागि ल्याउने गरेका छन् । पकाएको प्रति १२ कोसा रु १०० का दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् । 

 

बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष पनि रु तीन लाख विनियोजन भएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement