Advertisement
Advertisement
Advertisement
Advertisement

कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी

  |      16:13:00   |  
वेब तस्विर
वेब तस्विर

–विमलबहादुर विष्ट 

माघ १७,  डोटी  । लगन र मेहनतका साथ व्यवसाय गरे अपाङ्ता भएका व्यक्तिले पनि राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण देखाएको छ, डोटी दीपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३५ वर्षीया सारदा विष्ट । 

 

 

विगत एक वर्षदेखि शुरु गरेको कुखुरापालन व्यवसायबाट उनले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्ने गर्छ । त्यसैको आम्दानीबाट उनले आफ्नो एक छोरीलाई सुजंङ बोर्डिङ स्कूलमा पढाउनुका साथै घर खर्च पनि राम्रैसँग धान्नुभएको छ । 

 

 

वर्षौं पहिले दुर्घटनामा पर्दा उहाँको दाहिने हात काटिएको थियो । अपाङ्ग सेवा सङ्घ सिलगढी डोटीले दश हजारका उन्नत जातका कुखुराका चल्ला तथा खोर निर्माणका लागि रु दश हजार आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरु गरेको विष्टले बताउनुभयो । 

 

 

“पहिले म घाँस दाउरा काट्न र खेतबारीकै काममा सीमित थिए, अपाङ्ग सेवा सङ्घले कुखुराका चल्ला र खोर बनाउन रकम दियो”, उहाँले भन्नुभयो, “अहिले व्यवसाय शुरु गरे राम्रै आम्दानी भएको छ ।” हिजोआज कुखुरा किन्नेहरु उहाँकै फार्ममा पुग्ने गरेका छन् । उहाँको फार्ममा लोकल तथा उन्नत जातका कुखुरासमेत भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उहाँले बताउनुभयो । 

 

 

उहाँले भन्नुभयो, “चिसो मौसम शुरु भएको छ, लोकल कुखुराको सुप खान ग्राहक बढी रुचाउने भएकाले कुखुरा किन्न फार्ममै आउन थालेका छन् ।” उहाँले लोकल कुखुरा जिउँदो प्रतिकिलो रु ६०० का दरले बिक्री गर्दै आउनुभएको छ । 

 

 

अन्य व्यवसायभन्दा कुखुरापालन व्यवसाय सस्तो र सुलभ भएको भन्दै उहाँले भन्नुभयो, “अन्य व्यवसायभन्दा कुखुरापालन व्यवसाय अप्ठेरो र झण्झटिलो छैन, अलि कति मेहनत गरे राम्रै आम्दानी हुने गर्छ, कुखुरा मरे पनि काम लाग्न, जिउँदो काम लाग्ने व्यवसाय यही नै हो, यसमा घाटा हुँदैन ।” 

 

 

उहाँको फार्ममा कुखुराका चल्लासमेत उत्पादन हुँदै आएको छ । जिल्लामा रहेका करीब तीन दजर्नभन्दा बढी अपाङ्गता भएका व्यक्तिका घर परिवारलाई आयआर्जन गर्न सिलाइ मेशिन, कुखुरापालन व्यवसाय, बाख्रापालन तथा घुम्तीकोषका लागि आर्थिक सहयोग दिँदै आएको अपाङ्ग सेवा सङ्घ डोटीकी कार्यक्रम संयोजक सीता राईमाझीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा रहेका आपङ्गता भएका व्यक्तिले अवसर र सीप पाए सपाङ्गता भएका व्यक्तिसरह काम गर्न सक्छन् भन्ने उद्देश्यले हामीले उहाँहरुलाई विभिन्न सीपमूलक तालीम, मेशिन र व्यवसायका लागि आर्थिक सहयोग दिँदै आएका छौँ ।” 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement