Advertisement
Advertisement
Advertisement
Advertisement

किशोरीलाई आत्मरक्षा तालीम

  |      16:28:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २७, भरतपुर । महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीलाई ‘आत्मरक्षा तालीम’ दिएको छ । पहिलो चरणअन्तर्गत जिल्लाका ११३ जना किशोरीलाई एक हप्ते आत्मरक्षा तालीम दिइएको हो ।  भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा दिउँसो २ बजेपछि तालीम सञ्चालन गरिएको छ । तालीममा सहभागी किशोरीले आफँै तालीम दिनेछन् । पछाडिबाट कसैले आएर आक्रमण गर्दा, हिँड्दा हिँड्दै हात समात्न खोजे, कसैले तानेर भित्तामा टसाएर अभद्र व्यवहार गर्न खोजे वा सामूहिकरुपमै कसैले आक्रमण गर्न खोजो कसरी बच्न सकिन्छ भन्नेबारेमा तालीम दिइएको कार्यक्रम संयोजक पूजा भुसालले जानकारी दिनुभयो । 

 

“पहिलो चरणमा तालीम लिएका किशोरीले दोस्रो चरणमा आफैँ विद्यालयमा पुगेर तालीम दिनेछन्”, उहाँले भन्नुभयो, “माघ महीनादेखि स्कूल÷स्कूलमा अभियान चलाउँछौँ ।” किशोरीलाई शारीरिकसँगै मानसिकरुपमा पनि बलियो बनाउ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञबाट तालीम दिइएको भुसालले बताउनुभयो ।  महिलामा बल भए पनि आत्मविश्वासका कमीका कारण उनीहरु हिंसाको सिकार हुनुपरेको उल्लेख गर्दै भुसालले आत्मरक्षा तालीमले महिलाको आत्मबल बढाउने विश्वास व्यक्त गर्नुभयो । किशोरीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रशिक्षक कुमार श्रेष्ठलगायतले प्रशिक्षण दिनुभएको छ ।  यसअघि जिल्लामा राष्ट्रिय खेलकूद परिषद्ले पनि महिला तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको थियो । 

 

माडीमा स्नाकोत्तर तहको पढाइ हुने चितवनको माडीमा पहिलोपटक स्नाकोत्तर तहको अध्यापन हुने भएको छ । स्नातकसम्म अध्ययन÷अध्यापन गराउँदै आएको माडी क्याम्पसले यसै वर्षबाट स्नातकोत्तरको अध्यापन गराउने गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको विद्यालयका निमित्त क्याम्पस प्रमुख नेत्रप्रसाद गौतमले जानकारी दिनुभयो । “तीन विषय नेपाली, अङ्ग्रेजी र जनसङ्ख्या अध्यापनका लागि आवेदन दिएका हौँ”, गौतमले भन्नुभयो, यिनै विषय अध्ययनका लागि तयारी गरेका छौँ ।” उहाँले स्नाकोत्तर अध्ययन माडीमै हुने भएपछि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हट्ने बताउनुभयो ।  क्याम्पसले स्नातक तहमा व्यवस्थापन सङ्कायमा बिबिएस र शिक्षा सङ्कायमा नेपाली, अङ्ग्रेजी र जनसङ्ख्याको अध्ययन गराउँदै आएको छ ।  माडीमा यसै वर्षदेखि दीवाकर स्मृति प्राविधिक शिक्षालय पनि स्थापना गरिएको छ । सिभिल इञ्जिनीयरिङ र भेटनरीको अध्यापन यसै वर्षदेखि शुरु गरिएको छ भने आगामी वर्षदेखि फार्मेसी कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।  माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिँदै आएको बताउनुभयो । गाउँमै रोजगार प्रदान गर्ने खालको शिक्षा नगरवासीलाई प्रदान गर्नेगरी शैक्षिक योजना निर्माण गरिएको उहाँको भनाइ छ । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement