Advertisement
Advertisement
Advertisement
Advertisement

कर्मचारी भर्नापछि क्याम्पसमा विवाद

  |      11:57:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ६,  भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइएको २७ जना कर्मचारी भर्ना गरिएको छ । 

 

विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा भूपेन्द्र विष्टले एकलौटी रुपमा सातजना आशिंक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० जना कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विश्वविद्यालयमा तनाव भएको छ । 
मापदण्डको नाउँमा कर्मचारी भर्ना गर्दा सूचनासमेत जारी नगरिएको भन्दै क्याम्पसमा रहेका विभिन्न पाँच विद्यार्थी सङ्गठनले प्रिन्सिपलको कुर्ची जलाउनुका साथै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । 

 

त्यसैगरी त्यहाँ अध्ययनरत विद्यार्थी पाँच दिनदेखि क्याम्पसमै अनशन बसिरहेका छन् । प्रिन्सिपल डा। विष्टले भर्ना गरेका कर्मचारी र आशिंक शिक्षकको रेकर्ड क्याम्पस प्रशासनमा राखिएको छैन । उता क्याम्पसका प्रिन्सिपल विष्टले भन्नुभयो, “आफूलाई पाइएको अधिकार बमोजिम ज्यालादारीमा कर्मचारी भर्ना गरेको हो ।” 

 

‘दरबन्दीमा कर्मचारी पदपूर्ति गर्न विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको नतिजा लामो समयदेखि नआएकाले काम गर्न सहजताका लागि मैले कर्मचारी राखेको हुँ ।’ उहाँले भन्नुभयो,“क्याम्पसमा त्यसको रेकर्ड नभए पनि कहीँ न कहीँ राखिएको छ ।” 

 

केन्द्रीय क्याम्पसमा रहेका विभागीय प्रमुखलाई समेत जानकारी नदिइ कर्मचारी राखिएपछि विभागीय प्रमुख पनि रुष्ट छन् । स्रोतका अनुसार भर्ना गरिएका कर्मचारीको विवरण विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दिइएको छैन । 

 

उक्त विषयको विवादले क्याम्पसको पठनपाठन प्रभावित बन्दै गएको छ । लामो समयदेखि विश्वविद्यालयमा शिक्षक र कर्मचारीको अभाव रहेका बेला प्रिन्सिपल विष्टले मनोमानी ढङ्गले शिक्षक नियुक्तिका प्रक्रिया नै पूरा नगरी नियुक्त गरेको पाइएको छ । 
 

 

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको विषयको विवाद चुलिदा केन्द्रीय विश्वविद्यालयका पदाधीकारीहरु भने मौन छन । २०६८ सालमा स्थापना गरिएको सुदूरपश्चिम विश्वविद्यालयका हाल सुदूरपश्चिम प्रदेशमा १५ वटा आगिंक क्याम्पस रहेका छन । १५ वटा आगिंक क्याम्पस मध्ये १४ वटा समायोजन भइसकेका छन । 
 

 

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सुचना अधिकारी गोविन्दबल्लभ पन्तले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा राखिएका ज्यालादारी कर्मचारी र आशिंक शिक्षक भर्ना गरिएकोबारे प्रिन्सिपलबाट जानकारी आएको बताउनुभयो । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement