Advertisement
Advertisement
Advertisement
Advertisement

उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य

  |      11:25:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ३, काठमाडौं। उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल लुम नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ । सो संस्थाले घर र समाजबाटै त्यस्तो शिक्षाको खाँचो औंल्याउन हो । 

 

विद्यालय तहमा यौनिक शिक्षालाई थप प्रभावकारी तुल्याउँदै समाजलाई पनि सजग तुल्याउन सचेत हुनुपर्ने उक्त संस्थाका अध्यक्ष ज्योत्सना लुमले बताउनुभयो । “यौनिकता भनेको यौन सम्पर्क मात्र नभएर यौन अवस्थामा ध्यान दिनुपर्ने विविध खाले स्वास्थ्यसम्बन्धी शैक्षिक ज्ञान हो भन्ने कुरा समाजलाई बुझाउन आवश्यक छ,” उहाँले भन्नुभयो । यौनिकता शिक्षाबाट उमेर नपुग्दै हुने बाल विवाहको रोकथाम, महिला हिंसाविरुद्ध सचेतना र असुरक्षित गर्भपतन नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । 

 

अध्यक्ष लुमले समाजमा भइरहेको विभिन्न खाले घटनाले यौनिकता शिक्षा विद्यालयको पाठ्यक्रममा मात्र समावेश गरेर नहुने बताउनुभयो । “घरपरिवार र समाजबाटै शिक्षा आरम्भ गर्नुपर्छ,” उहाँले भन्नुभयो । अझै पनि ग्रामीण भेगमा ४० प्रतिशत महिलाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथा उमेर नपुग्दै विवाह नहुने बालिका छ जनामध्ये एक जना शारीरिक हिंसाको शिकार हुने गरेको तथ्याङ्क सो अवसरमा प्रस्तुत गरियो । 

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बद्री पौडेलले सुसभ्य समाज निर्माणका लागि महिलालाई सचेत, सकारात्मक, समावेश, स्वावलम्बन, सक्रिय, सशक्त, समान, शिक्षित, स्वतन्त्र र सबल तुल्याउन आवश्यक रहेको धारणा प्रस्तुत गर्नुभयो । यौनिक शिक्षाको अभावमा कार्यक्रममा अपाङ्गता भएका बालबालिका तथा महिलालाई सामान्यभन्दा तीन गुणा बढी सकस ब्यहोर्नु परेको दृष्टान्त सो अवसरमा प्रस्तुत गरियो । उमेर नपुगी विवाह गर्नेमध्ये ३५ प्रतिशत बालिकाले विद्यालय छाड्ने गरेको प्रतिवेदनमा उल्लेख छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement