Advertisement
Advertisement
Advertisement
Advertisement

उपचार गर्न असमर्थलाई सहयोग

  |      11:34:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ५, सप्तरी ।  अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ । 

 

वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली युवाद्वारा सञ्चालित ‘ललकुदेवी बचाउ अभियान’मार्फत सङ्कलन गरिएको रु ७५ हजार हस्तान्तरण गरिएको अधिकारकर्मी दीपेन्द्र पासवानले जानकारी दिनुभयो । 

 

श्री सल्हेश सेवा समाजका अध्यक्ष दुर्गानन्द पासवानले बिरामीको घरमै पुगी पीडित परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो । समाजकै रामउद्गार रामका अनुसार आर्थिक अवस्थाले उपचार गर्न नसकिरहेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट पाएपछि कतारमा कार्यरत कामदारले सहयोगस्वरुप सङ्कलन गरेको रकम पठाएका हुन् । 

 

अल्सर, कमलपित्त र बवासिर रोगबाट ग्रस्त ललकुदेवी मुख तथा मलद्वारबाट दैनिक रगत बग्ने र बेहोस हुने गर्नुहुन्थ्यो । तीन वर्षदेखि विभिन्न ठाउँका अस्पतालमा उपचार गराउँदै रकम सक्नुभएकी ललकुदेवीले पछिल्लो पटक समाज तथा नातेदारसँग ऋण लिएर उपचार गराउँदै आउनुभएको थियो । लामो अवधिसम्म रोग निको नभएपछि तथा उपचारका लागि करीब रु पाँच लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि निराश बन्नुभएकी ललकुदेवी उपचार गराउन असमर्थ हुनुहुन्थ्यो । उपचार महङ्गो भएकाले थप सहयोग जुटाउन सक्दो पहल भइरहेको दुर्गानन्दले बताउनुभयो । रासस
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement