Advertisement
Advertisement
Advertisement
Advertisement

इन्टरनेटमा बालबालिकाको सुरक्षा सम्बन्धी सम्मेलन

  |      18:16:00   |  
इन्टरनेटमा बालबालिकाको सुरक्षा सम्बन्धी सम्मेलन

भदौ १७, काठमाडौँ।  इन्टरनेटमा बालबालिकाको सुरक्षा विषयक एक दिने सम्मेलन आज राष्ट्रिय सभागृहमा शुरु भएको छ । 

 

इन्टरनेटको प्रयोगका माध्यमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरण, युनिसेफलगायत संघ संस्थाको आयोजनामा सम्मेलन शुरु भएको हो । 

 

सम्मेलनको प्राधिकरणका निर्देशक आनन्द खनाल, युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमीले सयुक्त रुपमा उद्घाटन गदै बालबालिकामा इन्टरनेट प्रयोग बढेसँगै सुरक्षा खतरा पनि उत्तिकै बढेको भन्दै सम्मेलनले बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने भन्ने जानकारी दिने बताउनुभयो । 

 

सम्मेलनमा इन्टरनेटको राम्रा र नराम्रा पक्षको बारेमा सचेतना जगाइने प्राधिकरणका उपननिर्देशक हिरण्यप्रसाद वास्ताकोटीले जानकारी दिनुभयो । 
१३ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीलाई लक्षित गरेर सम्मेलन आयोजना गरिएको हो । 

 

सम्मेलनमा बालबालिकालाई सुरक्षित भएर कसरी इन्टरनेट प्रयोग गर्ने भन्ने बारेमा सिकाइने छ । अहिले बालबालिकालाई इन्टरनेटको माध्यमबाट यौन दुरव्यवहार हुने, बाल अपराधसमेत बढेको पाइन्छ । 

 

सम्मेलनमा बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा हुने समस्याबारेमा समूहगत छलफल गराइने छ । ती बालबालिकाबाट उठेका समस्यालाई महावीर पुन, प्रहरीनायब उपरीक्षक अमरेन्द्र सिंह, अधिवक्ता प्रवीण सुवेदीलगायतले समाधान गर्नु हुनेछ । 

 

सम्मेलनमा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाका विभिन्न १५ वटा स्टल राखिएका छन् सम्मेलनमा उपत्यकाका विभिन्न विद्यालयका करिब दुई हजार बालबालिकाको सहभागिता रहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement