Advertisement
Advertisement
Advertisement
Advertisement

आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड

  |      21:25:00   |  
आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड

फागुन १७, काठमाडौं । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको युवा महिला उद्यमीसम्बन्धी छलफल कार्यक्रमका वक्ताले नेपालको आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । 


कृषि, उत्पादनका क्षेत्र, ऊर्जाजस्ता विभिन्न क्षेत्रमा क्रियाशील महिलाको अनुभव आदानप्रदान गर्ने, उनीहरुको व्यवसायलाई टेवा दिने उद्देश्यले सो कार्यक्रम गरेको मञ्चले जनाएको छ । ‘साझेदारी, समन्वय र सिर्जना’ विषयक सो कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले उद्योगधन्धाको क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्ने र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । 


उहाँले केन्द्रीय तथा प्रान्तीय क्षेत्रमा नयाँ कानून आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी भित्र्याएर महिला उद्यमको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । महिला उद्यमी बिमला श्रेष्ठले आफनो केन्या भ्रमणका बेला त्यहाँका महिला दिदीबहिनीको महिला उद्यममा पाएको सफलताबाट उनीहरुको जीवनमा ठूलो परिवर्तन आएको जानकारी गराउनुभयो । उहाँले नेपाली महिलाले पनि दत्तचित्त भई काम गर्ने हो भने उद्यम विकासका साथै समग्र मुलुकको नै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । 


लिटिल थिङ्ग्स नामक संस्थाका सहसंस्थापक आभा धितालले महिला उद्यममा व्यवसायको विकाससँगै चुनौती पनि थपिँदै जाने भएकाले महिलाको ध्यान सोमा केन्द्रित हुनुपर्ने बताउनुभयो । कञ्चनजङ्घा टी स्टेटका संस्थापक समीक्षा बाँस्कोटाले महिला पनि सीप सिकेर व्यवसाय गर्न सक्षम भएको थुप्रै उदाहरण भएको उल्लेख गर्दै महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा हालै उच्च शिक्षार्जन गरी उद्यम व्यवसायमा संलग्न विभिन्न २५ उद्यमीको सहभागिता थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement