Advertisement
Advertisement
Advertisement
Advertisement

आज बकर इद (इदुल जोहा), राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना

  |      15:04:00   |  
आज बकर इद (इदुल जोहा), राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना

भदौ १८, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।

 

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

 

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । 

 

हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीले जानकारी दिए । 

 

"अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान ९बलिदान० दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो”–पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने । 

 

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । यसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । 

 

"जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”– उनले भने । 

 

बकर–इदमा राष्ट्रपतिद्वारा शुभकामना
    
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–ईद ९इदुल जोहा० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न योगदान पुर्‍याएको उल्लेख गरेकी हुन् । 

 

सन्देशमा भनिएको छ, "भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन् । हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चीरकाल पर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सकौँ, बकर ईद पर्वको पावन अवसरमा यही मेरो सबैमा हार्दिक शुभकामना छ ।” 
 
बकर इदमा उपराष्ट्रपतिको शुभकामना
    
उपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद ९इद–उल–जोहा० का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । 

 

आज एक शुभकामना दिँदै उनले यस पावन पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हँुदै जाने बताएका छन् । 

 

सन्देशमा उहाँले आफूहरूको प्रमुख कार्यभार संविधान कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । 

 

बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान–प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद ९इद–उल–जोहा० का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । 

 

प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देश दिँदै मुलुकभित्रको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान हो भन्दै यसले समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । शुभकामना सन्देशमा भनिएको छ, ँसंविधानमा रहेको राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुसलमान समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुनेछ भन्ने मैले विश्वास लिएको छु । प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न सबैको सकारात्मक भूमिकाको मैले अपेक्षा गरेको छु ।” 

 

प्रधानमन्त्री देउवाले यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा देओस्, संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ । 

 

अध्यक्ष गच्छदारद्वारा इदको शुभकामना

उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद ९इद–उल–जोहा० का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । 

 

उनले आज एक शुभकामना सन्देश दिँदै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति र समृद्धिको कामना गरेका हुन् । यसै अवसरमा राष्ट्रिय मुश्लिम आयोगले पनि शुभकामना दिँदै यस पर्वले सम्पूर्ण नेपालीहरूमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास व्यक्त गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement