Advertisement
Advertisement
Advertisement
Advertisement

अल्पकालीन महिला सेवा केन्द्र स्थापना

  |      15:31:00   |  
वेब तस्विर
वेब तस्विर

 मङ्सिर,२८ बलेवा, हिंसापीडित महिलाको उद्दार तथा संरक्षणका लागि जिल्लाको बागलुङ नगरपालिकाले अल्पकालीन महिला सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गत साउन १ गतेदेखि अनौपचारिकरुपमा काम गर्दै आएको सेवा केन्द्रलाई बिहीबार कार्यालय स्थापना गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो । साविकको महिला बालबालिका कार्यालयको भवनमा कार्यालय रहने गरी सेवा केन्द्र सञ्चालनमा आएको हो । 

 

नगरपालिकाको महिला विकास शाखाले हेर्ने गरी सेवा केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले सेवा केन्द्रको व्यवस्थापन र सञ्चालनका लागि नगर कार्यपालिका सदस्य लक्ष्मी बोहराको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन समितिसमेत बनाएको छ । 

 

साविकको सेवा केन्द्रको सबै जिम्मेवारी नगरपालिकामा सरेकाले जिल्लाका सबै स्थानीय तहमा हिंसाको सिकार बनेका महिलाको उद्दार तथा संरक्षण गर्नेगरी सेवा केन्द्र स्थापना भएको पौडेलले जानकारी दिनुभयो । साविकको महिला तथा बालबालिका कार्यालयमार्फत बागलुङमा सञ्चालनमा रहेको सेवा केन्द्र गत असार मसान्तमा कार्यालय खारेजीसँगै खारेजीमा परेको थियो । 

 

महिला, बालबालिका कार्यालयले मन्त्रालयको निर्देशनअनुसार जिल्ला सदरमुकाममा रहेको बागलुङ नगरपालिकालाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । सेवा केन्द्र खारेज भएपछि हिंसापीडित महिलाले आश्रय लिने ठाउँ सकिएको भन्दै अधिकारकर्मीले चौतर्फी विरोध गरेका थिए । 

 

तत्कालका लागि महिला शाखामा काम गर्ने तीन जना कर्मचारीको परिचालन गरेर सेवा केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । 

 

साविकको महिला तथा बालबालिका कार्यालयमार्फत सञ्चालनमा रहेको सेवा केन्द्रका कर्मचारीले पाउनुपर्ने सेवा सुविधासमेत उपलब्ध गराउने गरी कार्यपालिकाले निर्णय गरेको छ । असार मसान्तसम्म सेवा केन्द्रमा काम गरेर भुक्तानी लिन बाँकी रहेको रु एक लाख ५० हजार तत्कालीन सेवा केन्द्रका कर्मचारीलाई उपलब्ध गराउने निर्णय भएको पौडेलले बताउनुभयो । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement