Advertisement
Advertisement
Advertisement
Advertisement

अपाङ्गता परिचयपत्र वितरण शुरु

  |      15:29:00   |  
वेब तस्विर
वेब तस्विर

माघ २९,  चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने कार्य शुरु गरेको छ । महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले वडा नं २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपाङताको रातोपचिरयपत्र प्रदान गरी आज सो कार्यक्रमको शुभारम्भ गर्नुभयो । महिला तथा बालबालिका कार्यालय महानगरपालिका मातहतमा आएपछि अपाङ्गता भएका व्यक्तिलाई पहिलो पटक परिचयपत्र वितरण शुरु गरेको हो । प्रक्रिया पुगेर आएका निवेदन, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्रका आधारमा परिचयपत्र वितरण गरिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । 

 

 

उपप्रमुख गुरुङले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई महानगर आउन असहज भएको बताउदैै उनीहरुको सहजतका लागि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र वडा तहमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइने छ भन्नुभयो । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरेलगत्तै महानगरले उपप्रमुख गुरुङको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको थियो । 

 

 

अपाङ्गता परिचयपत्र लिनका लागि वडा कार्यालयको सिफारिस पत्र, सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र, जन्मदर्ता, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फोटोसहित महानगरपालिकाको सामाजिक विकास महाशाखामा निवेदन पेश गर्नुपर्ने व्यवस्था छ । पेश भएका निवेदन उपर प्रत्येक महीनाको अन्तिम सोमबार छलफल गरी अपाङ्गता भएका व्यक्तिको उपस्थितिमा परिचयपत्र वितरण गर्ने निर्णय भएसँगै अब प्रत्येक महीनाको अन्तिम सोमबार परिचयपत्र वितरण हुनेछ । 

 

 

सरकारले अपाङ्गतालाई चार समूहमा विभाजन गरी फरक-फरक रङ्गको परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको छ । जसअनुसार पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रङ्गको परिचयपत्र प्राप्त गर्ने छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement