Advertisement
Advertisement
Advertisement
Advertisement

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

  |      12:38:00   |  
वेब तस्विर
वेब तस्विर

माघ ३, राजविराज । धर्मी हल्फा महिला विकास क्लबले एक जना अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ । क्लबले सप्तरीको महदेवा गाउँपालिका–१ बल्थी निवासी मणिलाल गोइत यादवलाई सहयोग गरेको हो ।  यादवको घरमै गएर क्लबका अध्यक्ष एवं समाजसेवी इञ्जिनीयर सूर्यनारायण यादवले मणिलाललाई एक थान थाल, एक थान गिलास, एक थान तन्ना र एक थान धोती लगायतका सामग्री प्रदान गर्नुभएको थियो । 

 

तीस हजारको आँखा उपचार 

आँखा उपचार केन्द्र राजविराजमा ३० हजार ५६७ को आँखा जाँच गरिएकोे छ । कार्यालय प्रमुख रामकुमार झाले राजविराज नगरपालिका–९ स्थित मलेठमा रहेको सगरमाथा चौधरी आँखा उपचार केन्द्रमा सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्मको एक वर्षसम्ममा करीब त्यति सङ्ख्यामा आँखा जाँच गराएकोे जानकारी दिनुभयो । उहाँले ती मध्ये दुई हजार ७५८ मा मोतियाविन्दु फेला परेको बताउनुभयो ।  उहाँका अनुसार सन् २०१८ भित्रमा करीब ८९९ को शल्यक्रिया भएको थियो । करीब २० बेडको उक्त अस्पतालमा अहिले दैनिक १५० देखि २०० सम्म आँखा जाँचका लागि बिरामी आउने गरेको कार्यालय प्रमख झाले जानकारी दिनुभयो ।  दुई चिकित्सकसहित नौ कर्मचारी रहेको आँखा अस्पतालमा अहिले ८० प्रतिशत नेपाली र २० प्रतिशत छिमेकी मुलुक भारतबाट आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । 

आँखा अस्पतालमा दृष्टिदोष, नानीमा लाग्ने रोग मोतियाविन्दु र अन्य भिटामीन ‘ए’ को कमी, अन्धोपन, आँखामा चोटपटक लागेका बिरामी आउने गरेको बताउँदै यहाँ हप्ताको शुक्रबार एक दिन शल्यक्रियासमेत गरिने गरेको उहाँले जानकारी दिनभयो ।  गत वर्षको तुलनामा यस वर्ष पनि आँखा उपचार गर्ने बिरामीको सङ्ख्यामा बृद्धि हुनुका साथै आँखा शल्यक्रियाको बिरामी बढेपछि यो अस्पताललाई तत्काल सुविधासम्पन्न ५० श्ययाको बनाउनुपर्ने आवश्यकता रहेकाले सरकारी निकाय, स्थानीय तह तथा सरोकारवालालाई कार्यालय प्रमुखसहित स्थानीयवासीले माग गरेका छन् ।  गत वर्ष सन् २०१७ मा २६ हजार ४९६ बिरामीको आँखा उपचार गरिएको थियो भने ७१३ बिरामीको शल्यक्रिया गरिएको थियो । उपचार गरेकामध्ये दुई हजार ६८० मा मोतियाविन्दु फेला परेको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement