Advertisement
Advertisement
Advertisement
Advertisement

अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

  |      14:22:00   |  
वेब तस्विर
वेब तस्विर

माघ ९, चितवन  । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८।१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ । 

 

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बिचौलियाका कारण कृषक र उपभोक्ता मारमा परेका छन् । अहिलेको बजार संरचनाअनुसार पाँच ठाउँ पार गरेर किसानको अण्डा उपभोक्ताकोमा पुग्ने गर्दछ । कँडेलको भनाइमा किसानले दानावालालाई अण्डा दिने गर्दछन् । दानावालाले प्रमुख शहरको सङ्कलन केन्द्र ९डिलर०लाई अण्डा दिने गर्दछ । त्यसपछि अण्डा केन्द्रबाट सहायक केन्द्र, सहायक केन्द्रबाट बिक्री गर्ने व्यक्ति ९सेल्सम्यान० र बिक्री गर्ने व्यक्तिबाट किराना पसलसम्म पुग्छ । 

 

यसरी अण्डा उपभोक्ताकोमा पुग्दै गर्दा एउटाले प्रतिक्रेट रु पाँचदेखि रु ३० सम्म नाफा राख्ने सैद्धान्तिक सहमति रहेको छ । यद्यपि बजारको अवस्था हेरेर बढी नाफा राखिदिँदा किसान र उपभोक्ता मर्कामा पर्ने गर्दछन् । अण्डाको दरभाउमा बिचौलियाको प्रभाव हुने हुँदा किसानले लागत मूल्य नपाएको गुनासो गरेका छन्  ।

 

सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले किसान र उपभोक्तालाई लाभ पु¥याउन सस्तो पसल सञ्चालन गर्न लागेको बताउनुभयो । पहिलो चरणमा चितवनका तरकारी मण्डी र प्रमुख बजारमा सस्तो मूल्यका अण्डा बिक्री केन्द्र खोलिने छ । क्रमशः काठमाडौँ, पोखरा, दाङलगायतका क्षेत्रमा केन्द्र खोली किसान र उपभोक्तालाई लाभ दिन लागिएको उहाँले जानकारी दिनुभयो । कृषकको ठूलो लगानी भए पनि मूल्य नपाउँदा मारमा परेको पोखरेलले बताउनुभयो । 

 

दानाको कच्चा पदार्थ महँगिएसँगै अण्डाको लागत मूल्य बढेको छ । हालको बिक्री मूल्यले लागत मूल्य नधान्ने बताउँदै उहाँले बिचौलियाको प्रभाव कम गरेर कृषक बचाउन नसके आत्मनिर्भर रहेको व्यवसाय सङ्कटमा पर्ने बताउनुभयो । हाल नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध भएको बताउँदै उहाँले एक लाख ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताउनुभयो । अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा रु ५० अर्ब हाराहारी लगानी भएको पोखरेलको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement