माघ २६, काठमाडौं । पिनाकलका अजितकुमार यादव र शहीद रामनाथकी हुमी बुढा मगर दोस्रो टाइम्स सडक दौडमा स्वर्ण जित्न सफल हुनुभएको छ ।
आज भएको पाँच किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भएका हुन् । गत संस्करणमा पनि दुवै पहिलो भएका थिए । द टाइम्स इन्टरनेसनल कलेजद्वारा आयोजित दौडको निर्धारित दूरी अजितले १६ मिनेट २५ सेकेन्डमा पूरा गरे । सो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५२ सेकेन्ड रहेको छ ।
तीन किलोमिटर दौडमा भने अजितको नाममा ८ मिनेट ४४ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान छ । पिनाकलकै उमेश मगर दोस्रो तथा बाढीनालिका उमाविका सन्तोषनाथ योगी तेस्रो भए । उमेशले १७ मिनेट २१ सेकेन्ड तथा सन्तोषले १७ मिनेट २२ सेकेन्ड समय खर्चे ।
हुमीले २१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी तय गरिन् । हुमीको ५ किलोटिमरमा व्यक्तिगत उत्कृष्ट टाइमिङ १९ मिनेट ४० सेकेन्ड रहेको छ । सो स्पर्धामा २२ मिनेट २० सेकेन्ड समय निकालेकी गणेशमान सिंह बहुमुखी क्याम्पसकी रशिला तामाङ दोस्रो तथा २३ मिनेट ०३।९ सेकेन्ड समयमा मेगा नेसनल कलेजकी काजोल विष्ट तेस्रो भए ।
ब्वाइज गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश ः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजेतालाई राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान ९सान० का पूर्वनिर्देशक डा प्रकाश प्रधान, टाइम्सका प्रबन्ध निर्देशक दीपक न्यौपाने, टाइम्सका प्रिन्सिपल शंकरप्रसाद गैरे, कार्यक्रम संयोजक सोनु थापा, टाइम्स क्लबका इन्चार्ज राजनप्रसाद पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा १७५ प्रतिस्पर्धी सहभागी थिए ।