Advertisement
Advertisement
Advertisement
Advertisement

‘फ्याटफोबिया’ अर्थात् मोटोपनासँग जुझिरहेका महिलाहरू

  |      13:51:00   |  
web imege
web imege

पुष २४, काठमाडौं । 'अनौठो कुरा के भन्दा मेरो घरबाट निकै नजिक भए पनि पाँच वर्ष अघिबाट मात्रै समुद्री तट जानका लागि म यहाँ आउन थालेकी हुँ।'

रायान सुजा ब्रजिलको इस्पीरीतो सान्तो राज्यको राजधानी भीतोर्या टापुमा हुर्किएकी हुन्। उनका अभिभावकको सहरको उत्कृष्ट दृश्य अवलोकन गर्न सकिने इल्हा दु बोइमा घर छ।

समुद्री तटमा ‍'गोर्दोफोबियाुबारे कुरा गर्न हामीबीच भेट भएको छ।

पोर्चुगलको भाषामा उक्त शब्द मोटा मानिसहरूलाई गरिने विभेद दर्साउने अभिव्यक्ति हो जसलाई अनुवाद गर्दा मोटामोटी रूपमा 'फ्याटफोबियाुु भन्न सकिन्छ।

फ्याटफोबियाबारेु सचेतना बढाउँदै

उनी गोर्दाना लेइ 'फ्याट इन द लुुे' की संस्थापकमध्ये एक हुन्। उक्त समूहले यो विषयवस्तुबारे सचेतना बढाउनुका साथै कानुनी रूपमा क्षतिपूर्ति चाहने पीडितहरूलाई वकिलसँग जोडेर सहयोग गर्छ।

ब्रजिल "ट्यान्ड, बीच रेडी बडीुु "अर्थात् घामका कारण भएको तुलनात्मक रूपमा कालो छाला अनि तटीय क्षेत्रमा मजा लिन तयार सहरका रूपमा परिचित हुनसक्छ।

तर यहाँ अधिकारवादीहरूले सबै खाले शरीर भएका मानिसलाई समेट्न सकियोस् भन्ने हेतुका साथ कानुन प्रस्ताव अनि पारित गराउन लागि परेका छन्।

खासगरी कार्यस्थलमा हुने विभेदबारे मुद्दा वकिलहरूले अदालतसम्म पुर्‍याएका छन् भने महिलाहरूले प्लस-साइज (अधिक तौल भएका) प्रतियोगिताहरू आयोजना गरिरहेका छन्।

समुद्रतर्फ फर्किएको पार्कको एउटा बेन्चमा रायानले बीबीसीसँग कुराकानी गर्दै गर्दा उनका प्रेमीले तस्बिरहरू खिचिरहेका छन्।

ती सबै इन्स्टाग्राममा पोस्ट हुनेछन् जहाँ इन्फल्युएन्सरको छवि बनाएकी उनले १८,००० भन्दा बढी फलोअरसमक्ष आफ्नो दैनिकीबारे जानकारी गराउने गर्छिन्।

३२ वर्षकी उनमा निकै परिवर्तन आएको छ। उनले ११ वर्षको उमेरसम्म समुद्रको तटमा पाइला टेकेकी थिइनन्।


"किशोर अवस्थामा छँदा म साथीहरूसँग समुद्री तटमा नजान भएभरका सबै खाले बहाना बनाउँथे। महिनावारी भएको, बिरामी भएको बहाना म बनाउँथे र जब मेरा बहानाले काम गर्दैन थियो तब कालो लेगिङ सुरुवाल र खुकुलो सर्ट लगाएर बालुवामा बस्ने मात्रै एक जना व्यक्ति म हुन्थे।"

"म सधैँ मोटी नै थिएँ। बाल्यकालदेखि किशोरावस्थासम्म म मोटै थिएँ। आफ्नो तौलबारे गरिने टिप्पणी सुन्ने मलाई बानी परिसकेको थियो।"

तर विश्वविद्यालय पुगेपछि त्यस विषयमा केही परिवर्तन भएको उनी बताउँछिन्।

पीडादायी अनुभव

सन् २०१२मा रायानसँगै पढ्ने सहपाठीको एक समूहले उनको शारीरिक अवस्थाबारे टिप्पणी गर्न ह्वाट्स एपमा एउटा ग्रुप बनायो।

उनीहरूले रायानको सामाजिक सञ्जालबाट फोटो लिएर ग्रुपमा पोस्ट गर्थे र अप्रिय टिप्पणी गर्थे। पछि उक्त समूहमा रहेका एक जना विद्यार्थीले ग्लानि महसुस गरे र त्यहाँ भइरहेको गतिविधिबारे रायानलाई जानकारी गराए।

त्यो उनका लागि निकै पिडादायी अनुभव रह्यो र त्यसले उनको सोचाइमा परिवर्तन ल्यायो।

उनले ७०को दशकमा अमेरिकामा सुरु भएको 'बडी पोजेटिभ मुभमेन्टु' बारे थाहा पाइन् जुन "आफैले आफ्नो हेरचाह, आफैसँग प्रेम अनि आफैले आफूलाई स्वीकार गर्नेुु "विषयवस्तुमा केन्द्रित थियो।


"जब मैले फ्याटफोबियाबारे थाहा पाएँ तब मैले मलाई जीवनभर जे भएको थियो त्यसबारे धेरै कुरा थाहा पाएँ। त्यो कहिल्यै मेरो गल्ती थिएन। गल्ती समाजको थियो।"

क्षतिपूर्तिको माग गर्दै वा केवल आफ्नो कथा सुनाउनका लागि उनीहरूले महिनामा झन्डै ७० वटा सन्देश प्राप्त गर्न थाले।

आधिकारिक तथ्याङ्कका अनुसार ब्रजिलको श्रम अदालतमा ‘फ्याटफोबिया’ उल्लेख भएका १,४०० भन्दा बढी मुद्दा दायर भएका छन्।

कार्यस्थलमा भेदभाव

ब्रजिलमा ‘फ्याटफोबिया’लाई अपराध मानिँदैन। तर त्यहाँ अभियोग लगाउने बाटो भने खुला छ।

कुनै व्यक्तिलाई मानहानि, वा नैतिक उत्पीडनका लागि अदालत लैजान सकिने मारीअना बताउँछिन्।

उनले एउटा घटना उल्लेख गरिन् जसमा एक जना व्यवसायीले तौल घटाएपछि मात्रै आफ्ना एक कर्मचारीलाई भत्ता दिने सर्त राखेका थिए।

‘’उनले ती कर्मचारीलाई तौल लिने उपकरणमा समेत नाप्न लगाएका थिए,’’ उनले भनिन्।

न्यायाधीशले उक्त मुद्दाको फैसला गर्दै ती व्यवसायीलाई १,८०० अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएका थिए जुन ‘फ्याटफोबिया’ सम्बन्धी मुद्दामा क्षतिपूर्ति स्वरूप दिन भनिएको सबैभन्दा ठूलो मध्ये एक हो।

ती व्यवसायीले भने आफ्नो बचाउमा ‘’आफूले ती कर्मचारीलाई छोरीको नजरले हेरेको र उनकै लागि राम्रो चिताएको’’ बताएका थिए।

अदालतमा मुद्दा दायर गर्ने सङ्ख्या बढ्दै गए पनि रायान र मारीअना धेरै मानिसहरूले विगतमा भोगेको आघात सम्झन नचाहने हुँदा अझै पनि क्षतिपूर्तिको माग गर्न नचाहने बताउँछन्।

इस्पीरीतो सान्तोकी एक महिलाले त्यस्तै समस्या भोग्नुपरेको थियो। उनी टिकट जाँच भएपछि छिर्न मिल्ने बसको साँघुरो ढोकामा फसेकी थिइन् र त्यहाँबाट उनलाई निकाल्न अग्नि नियन्त्रकको टोली बोलाउनु परेको थियो।

रेसिफमा मोटा महिलाहरूको सौन्दर्य प्रतियोगिता हुन थालेको छ

‘’मानिसहरूले उनको मजाक उडाउँदै तस्बिर खिचिरहेका थिए र सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरिरहेका थिए,’’ रायान भन्छिन्।

१४ वर्षको छँदा त्यस्तै गरी अड्किएपछि रायानले बस चढ्न छाडिन्।

‘’जहाँसुकै जानका लागि आफ्नै गाडी हाँक्न वा ट्याक्सी चढ्न, म सक्षम छु। तर अधिकांश ब्रजिलयनहरूको यथार्थ फरक छ।’’

परिवर्तन

सबै तौलका मानिसहरूका लागि सहर थप पहुँचयोग्य बनाउन केही कानुन परिमार्जन गर्न जरुरी रहेको उनी बताउँछिन्।

बसमा हुने समस्या बारे उनीसँग सहज उपाय छ।

उनका अनुसार तौल बढी भएका मानिसहरूलाई पछाडिको ढोकाबाट चढाउन सकिन्छ। हाल त्यस्तो गर्नका लागि चालकसँग अनुरोध गर्नुपर्ने अवस्था छ जुन उनीहरूले सधैँ मान्दैनन्।

ब्रजिलको उत्तरी भेगमा पर्ने रेसीफे सहरमा भने पछिल्लो समय नीति परिमार्जन गरिएको छ।

‘फ्याटफोबिया’विरोधी विधेयक पारित

गत वर्ष ब्रजिलमा दुई वटा ‘फ्याटफोबिया’ विरोधी विधेयक पारित भए जसमध्ये एउटाले ‘फ्याटफोबिया’बारे सचेतना दिवस पारित गर्‍यो। त्यस्तै अर्को विधेयकले विद्यालयहरूले प्रत्येक कक्षाकोठामा कम्तीमा एउटा ठूलो आकारको कुर्सी टेबल राख्नुपर्ने व्यवस्था गर्‍यो।

‘’विद्यालयमा पढ्दा अपमानित भएको कैयौँ कथा मैले सुनेको छु। वयस्कहरूले प्रयोग गर्ने कुर्सी लिन दिनहुँ प्रधानाध्यापकको कार्यालयमा जाने मानिसहरूबारे,"उक्त विधेयक प्रस्ताव गर्ने एक जना काउन्सीलर सीदा पेद्रोसले भनिन्।

अभियान समूह
उनको विचारमा मोटोपनासँग जुझ्न, स्वस्थ खानपान वा व्यायाम जस्ता विषयवस्तुको प्रवर्द्धन जस्तै सबै खाले तौलका मानिसहरूलाई सहर पहुँचयोग्य बनाउनु उत्तिकै महत्त्वपूर्ण छ ।

‘’कुनै एउटा कुरा अर्कोसँग जोडिएको हुन्छ नै भन्ने छैन। सरकारी विद्यालयका विद्यार्थीहरूलाई स्वस्थ खाना उपलब्ध गराउनु र मानिसहरूलाई स्वस्थ जीवनयापन गर्न प्रोत्साहित गर्नु हाम्रो दायित्व हो। तर मोटा मानिसहरू बिरामी हुन्छन् भनिरहनु उचित हुँदैन,’’ उनले थपिन्।

यसै विषयमा क्यारल स्टयाड्टलरले पनि अभियान सञ्चालन गर्दै आएकी छन्। उनी बोनीता दे कोर्पो (बिउटीफुल बडी) समूहमा आबद्ध छिन् जसले नयाँ कानुनी प्रावधान पारित गराउन परामर्शदाता सीदा पेद्रोससँग सहकार्य गरिरहेको छ।

उनका अनुसार मोटा मानिसहरूलाई अल्छीका रूपमा चित्रित गरिन्छ जसले गर्दा उनीहरूको काममा प्रभाव पर्छ।

र, त्यो अवस्थाका लागि उनीहरूलाई व्यक्तिगत रूपमा जिम्मेवार ठहराइन्छ जबकि आजको समयमा कम पारिश्रमिक भएका कैयौँ कर्मचारीहरूले कामका लागि ठुला सहरसम्म पुग्न घन्टौँ यात्रा गर्नुपर्छ।

त्यसले गर्दा फलफूल, तरकारी खाने पैसाको जोहो गर्न र व्यायाम गर्ने समय निकाल्न उनीहरूका लागि कठिन हुन सक्छ।

स्रोत -बिबिसी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement