Advertisement
Advertisement
Advertisement
Advertisement

६ करोड खाएर आमालाई सडकमा पुर्‍याउने राष्ट्रबैंककी निर्देशक पक्राउ

  |      12:41:00   |  
Web : Image
Web : Image

चैत २३, काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको छ । आफ्नै ८५ वर्षीय आमाको किर्ते हस्ताक्षर गरेर ६ करोड हत्याइ आमालाई सडकमै अलपत्र छाड्ने रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई ज्येष्ठ नागरिक सम्बन्धी कसुरमा पक्राउ गरेको बताएको छ । नेपाल सरकारको सबैभन्दा आकर्षक जागिर राष्ट्र बैंकको निर्देशकमा कार्यरत सुष्मा रिजालले आफ्नै ८५ वर्षीय आमा शोभा रिजालको करोडौँको सम्पत्ति हत्याएर उनलाई अलपत्र छाडिदिएको खबर यसअघि नै प्रकाशित भएको थियो । राष्ट्रबैङ्कको उच्च तहमा कार्यरत सुष्मा रिजाल र उनका पति कमलप्रसाद रेग्मीले ८५ वर्षीय शोभा रिजाललाई अलपत्र छाडिदिएका हुन् । सुष्माका श्रीमान कमल भने नेपाल सरकारका सहसचिवबाट अवकाश प्राप्त कर्मचारी हुन् ।

छोरी सुष्मा र ज्वाइँ कमल रेग्मीले पाठेघर क्यान्सरले थला परेकी ८३ वर्षीय शोभा रिजालको माछापुच्छ्रे बैंक खाताबाट ६ करोडभन्दा बढी रकम कीर्ते हस्ताक्षर गरी निकालेको आरोप लागेको थियो ।

माछापुच्छ्रे बैंक र विराटनगरको सिर्जना फाइनान्समा रहेको खाताबाट कीर्ते सही गरी आफ्नै छोरीले ६ करोडभन्दा बढी रकम निकालेको उजुरी लिएर शोभा रिजाल महानगरीय प्रहरी परिसर टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पटक पटक धाएकी थिइन् ।

तर, प्रहरीलाई राष्ट्र बैंकको धम्की दिएर उनले उन्मुक्ति पाउँदै आएकी थिइन् । काठमाडौं प्रहरीमा अशोक सिंह आएपछि उनले सुष्मालाई पक्राउ गरेर देखाइदिएका छन् । विराटनगरको धनाढ्य परिवारका शोभा रिजालका पति भूपेन्द्रप्रसाद रिजालको २०७५ मंसिर १ गते निधन भयो । बाबुको मृत्यु अघि नै मोरङको करोडौं पर्ने जग्गा उनले आफ्नो नाममा ल्याईसकेकी थिइन । भूपेन्द्र र शोभाका चार वटी छोरी गीता, सुस्मा, गंगा र नुतन हुन् भने एक छोरा सुरेन्द्र रिजाल हुन् ।

जेठी गीता अपांग छिन्, माइली सुष्मा राष्ट्रबैंककी हाकिम, साइली गंगा रिजाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हुन् भने कान्छी नुतन रिजाल अमेरिका छिन् । एउटी छोरी राष्ट्र बैंकमा हाकिम र अर्की प्राज्ञ हुँदा पनि आमा शोभा खानलाउनसमेत नपाउने अवस्थामा छिन् । औषधि उपचारसमेत पाउनसक्ने अवस्था छैन । उनीसँग सम्पत्ति नभएर होइन । करोडौंको सम्पत्ति भएपनि उनी अहिले बेसहारा जस्तै छिन् ।

छोराको सामान्य पेन्सनले उनलाई स्याहार गर्न नसक्ने बताएकाले उनी थप पीडामा छिन् । छोराले पहिले नै अशंवण्डा गरी विराटनगरको सम्पत्ति नलिने भनी बल्खुको घर लिएर बसेका थिए । बाबुको उपचारदेखि बाबुआमा र अपांग दिदीको हेरचाह सुष्माले गर्छु भनेर बाबु जीवित हुँदै दशौं करोडको धन सम्पत्ति आफ्नो नाममा कायम गराउन सफल भएकी थिइन् ।

बाबुको मृत्युपछि उनले क्यान्सरपीडित आमा र अपांग दिदी गीतालाई सानेपास्थित घरबाट निकालिदिइन । सबै सम्पत्ति लिएर आफुलाई घरबाट निकालेपछि शोभा र उनकी अपांग छोरी गीता बल्खुस्थित छोरा सुरेन्द्रको घरमा शरण लिई बसेका छन् ।

सम्पत्तिजति दिदी सुष्मालाई दिएकाले छोराले समेत उनीहरूको राम्रो हेरचाह गरेका छैनन् । आमा शोभाको कीर्ते सही गरी छोरी सुष्माले माछापुच्छ्रे बैंक, अरनिको सहकारीबाट रकम निकालिसकेपछि उनीहरूलाई खान नदिई घरमै बन्धक बनाएर राखेको अवस्थामा छोरा सुरेन्द्र र साइली छोरी गंगालाई फोन गरी २०७६ फागुन ७ गते मुक्त भएको कुरा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको जाहेरीमा उल्लेख छ ।

स्व। भूपेन्द्र प्रसादको नाममा रहेको मोरङको बिघौंबिघा जग्गा, वित्तीय संस्थाहरूमा रहेको ६ करोडभन्दा बढी रकम हात पारेकी राष्ट्र बैंककी हाकिम सुष्माले बाबु जीवित हुँदा पनि २ करोडभन्दा बढी रकम लिएको शोभाले उजुरीमा उल्लेख गरेकी छिन् । जुन रकम लिएको विवरण सरोकारवाला निकायले वित्तीय संस्थाको स्टेटमेन्ट हेरेपनि खुल्ने शोभा बताउँछिन् ।

सुष्माले सम्पत्ति हात पारेर खान लगाउन र स्वास्थ्य उपचारमा पूर्णत बेवास्ता गरी मरणासन्न अवस्थामा पु¥याएको र आफ्नो नाममा रहेको २२ तोला सुन, १ सय तोला चाँदी र १८१६ कित्ता विभिन्न वित्तीय संस्थाको सेयर, चेक, नागरिकता, वृद्धभत्ताको प्रमाणपत्रसमेत नदिई आमालाई अलपत्र पारेको कुरा उजुरीमा उल्लेख छ । विवाहित छोरी भएपनि सुष्माले पालनपोषण गर्ने आशामा विराटनगरको पुष्पलाल चोकजस्तो महत्वपूर्ण ठाउँको जग्गासमेत उनलाई दिइएको गहभरी आँशु पार्दै शोभाले त्यति बेलै बताएकी थिइन् ।

‘यस्ता बद्नियत भएका सन्तानका कारण मैले आज करोडौँको सम्पत्ति भएपनि उपचारसमेत पाउन सकेकी छैन्, तर छोरीले बिसौं करोडको सम्पत्ति थुपारेकी छिन्,’ उनले भनेकी थिइन् ।

त्यसैले हाम्रो सम्पत्तिको विवरण झिकी कीर्ते सही गरी निकालिएको ६ करोडभन्दा बढी रकम र सेयर, सुन, चाँदी सबै फिर्ता गराई पाउँ भनी उनले जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको गत असार २८ गते निवेदन दिएकी थिइन् । तर त्यो निवेदन प्रहरी परिसर काठमाडौंले दर्ता नै नगरी क्यान्सरपीडित वृद्धा शोभालाई थप पीडा दिने काम गरेको आरोप थियो । तत्कालीन काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले छोरी सुष्माबाट प्रभावित भई आमामाथि परेको घोर अन्यायको उजुरीसमेत नलिई पीडा दिने काम गरेका थिए । तर, ज्ञवालीपछि आएका एसएसपी सिंहले सुष्मालाई पक्राउ गरेका छन् ।

साभार नारीखबर  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement