Advertisement
Advertisement
Advertisement
Advertisement

१३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

  |      15:14:00   |  
web image
web image

भदौ ७,काडमाडौं ।पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ । एक जना महेन्द्र सार्की मात्रै १८ वर्ष पुगेका छन्, उनीमाथि बलात्कार प्रयासको आरोप छ । ३ जना नाबालकमाथि भने बलात्कारको आरोप छ।

प्रहरीले अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘वीरेन्द्रनगर–२८’ राखेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले ती बालिका एकै रातमा फरक समयमा फरक फरक व्यक्तिबाट बलात्कृत भएको अनुसन्धानबाट खुलेको बताए ।

ती बालिका असोज ४ गते बेलुका छिमेकीको घरमा चलेको नाचगान हेर्न गएकी थिइन् । साँझ ९ बजेतिर पिसाब लागेपछि उनि नजिकैको सडकमा आइन् ।

प्रहरीका अनुसार बाटोमा सोही ठाउँका १८ वर्षीय महेन्द्र सार्कीले उनको मुख छोप्दै जवरजस्ती करणी गर्न खोजे । त्यसोे गर्दा उनी कराइन । महेन्द्रले विभिन्न प्रलोभन देखाउँदै उनलाई फकाउन खोजे । उनी त्यहाँबाट भोगेर फेरि नाचगान चलेको ठाउँमा गइन् ।

राती ११ बजिसकेको थियो । नाचगान सकिएर सबै आ–आफनो घरतिर लागे । ती बालिकाले चिनेको गाउँकै एक १६ वर्षिया युवाले ‘बहिनी हिड् तिमीलाई घर पु¥याईदिन्छु’ भन्दै बोलाए । चिनेको दाइले बोलाएपछि ती बालिकाले विश्वास गरिन । ती गाउँका दाईसँग उनका एक १५ वर्षीया साथी पनि थिए ।

घरजाने क्रममा मध्यबाटो पुगेपछि ती गाउँको दाइले त्यहाँ नजिकै आफनो साथीको घर भएको त्यतै सुत्न आग्रह गरे । ‘बालिकाले मानिनछिन्, त्यसपछि उनको मुख छोपेर हातखुट्टा समात्दै साथीको घरमा लगेछन्’, बालिकाको बयान उद्धृत गर्दै डीएसपी शाहीले अनलाइनखबरसँग भने, ‘‘अनि सामुहिक बलात्कार गरेर ती बालिकालाई त्यही छोडेर पसल जान भन्दै निक्लिएछन् ।’

केही समय बालिका अचेत भइन् । होस खुलेपछि उनी नजिकै छिमेकीको गाई गोठको माथिल्लो तलामा गइन् । ‘त्यो महिनावारी भएकाबेला सुत्ने छाउ गोठ रहेछ । ती बालिका त्यही सुतिछन् । त्यसको एक घण्टापछि उनी पुनः बलात्कृत भइछन्’ डीएसपी शाहीले भने ।

गोठमा सुतेको एक घण्टापछि उनलाई उठाउन चिनेजानेकै १५ वर्षीय अर्का किशोर आए । उनले ‘तिम्रो घरकाले खोजिरहेका छन् । छिटो आउ अरे । नभए यतै आएर पिट्ने भनेका छन’ भन्दै बोलाए । उनलाई फेरि बलात्कार गर्ने योजनाका साथ बोलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनी बाहिर निस्कँदा नजिकै अर्का १६ वर्षीय किशोर बसेका रहेछन् । उनको जिम्मा लगाएर बोलाउन गएका किशोर गए । रातिको २ बजे ती १६ वर्षीया किशोरले पनि गोठमा लगेर बलात्कार गरेका प्रहरीको दाबी ।

यसरी केही घण्टाको फरकमा फरक–फरक व्यक्ति र स्थानमा एकै रात तीन जनाबाट बलात्कृत र एक जनाबाट बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । बिहान पख ११ बजे मात्रै उनी घर पुगिन् र सबैकुरा परिवारलाई भनिन् ।

परिवारले दिउँसो २ बजे प्रहरीलाई खबर गरेपछि ती युवकहरुलाई पक्राउ गरिएको डीएसपी शाहीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका ती यूवाहरु सबैले एकअर्कालाई नचिन्ने बयान दिएका छन् । ‘फरक–फरक ठाउँमा तीन जनाले बलात्कार गरेको, एक जनाले बलात्कार प्रयास गरेको आरोपीहरूले स्वीकारेका छन्,’ डीएसपी शाहीले भने ।
ती बालिका शारीरिक र मानसिक रूपमा बिछिप्त भएको र उनको उपचार भै रहेको प्रहरीले जनाएको छ ।
अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement