चैत २९, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५० रुपैयाँ कायम भएको छ।
गता साता शुक्रबार सुनको भाउ तोलामै ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ। आज प्रतितोला चाँदी १ हजार २७५ रुपैयाँ कायम भएको छ।
गत साता शुक्रबार चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।