असोज २२, काठमाडौं । सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि यो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् ।यो घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।