पुस ११, काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७00 रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा मूल्यमा कारोबार भएको थियो।
आज चाँदी तोलामा १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।