मंसिर २१, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलामा २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाला सुनको मूल्य तोलाको १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।यो दिन चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।