साउन १५, काठमाडौं ।आइएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ।
यो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ। यस अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको रु। ५ हजारको भौचर प्रदान गरिनेछ।
यो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरि कम्तीमा एकपटक आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ।
अफर अन्तरालभरि प्रत्येक ५ दिनपश्चात गोला प्रथामार्फत २ जना विजेता छनौट गरिनेछ। विजेताको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने कम्पनीले जनाएको छ। सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।