Advertisement
Advertisement
Advertisement
Advertisement

७ वटै प्रदेशका महिला उद्यमीलाई सरकारले टेवा पुँजी र प्रविधि सहयोग गर्ने

  |      10:45:00   |  
७ वटै प्रदेशका महिला उद्यमीलाई सरकारले टेवा पुँजी र प्रविधि सहयोग गर्ने

चैत ३,काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा एक महिला उद्यमी समूह र २० जना महिला उद्यमीलाई टेवा पुँजी र प्रविधि सहयोग उपलब्ध गराउने भएको छ। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत यस्तो सहयोग उपलब्ध गराउने तयारी गरिएको जानकारी गराएको हो। महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग कार्यक्रम कार्यविधि, २०७७ को दफा ४ बमोजिम कार्यक्रम सञ्चालन गर्नका लागि प्रत्येक स्थानीय तहले आआफ्नो स्थानीय तहभित्र टेवा पुँजी र प्रविधि सहयोगका लागि इच्छुक महिला उद्यमी र महिला उद्यमीहरुको समूहले निवेदन पेस गर्न मन्त्रालयले सूचित गरेको छ। यसका लागि यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित स्थानीय तहमा आवश्यक कागजातसहित निवेदन पेस गर्न पनि मन्त्रालयले सुझाएको छ।

मन्त्रालयले सम्बन्धित स्थानीय तहले टेवा पुँजी र प्रविधि सहयोग माग गरी दिएका निवेदनहरुका साथ संलग्न कागजातहरुका आधारमा कार्यविधिको दफा ७ बमोजिम एक महिला उद्यमी र एक महिला उद्यमी समूह छनोट गरी निवेदन दिने म्याद समाप्त भएकोले मितिले १५ दिनभित्र सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालय सिफारिस गरी पठाउन पनि निर्देशन दिएको छ। यसका साथै यो कार्यक्रम सञ्चालन कार्यविधि मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिने पनि सूचनामा उल्लेख छ।

महिला उद्यमी र महिला उद्यमी समूहले निवेदनका साथ उद्योग व्यवसाय दर्ता वा नवीकरण प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र, कर दाखिला गरेको प्रमाण वा कर चुक्ताको प्रमाणपत्र, आवश्यकताअनुसार व्यावसायिक इजाजतपत्र, व्यावसायिक योजना र माग गरेको प्रविधि तथा सो प्रविधिको क्षमताका कागजात पेस गर्नुपर्नेछ। 

मन्त्रालयले यो कार्यविधिबमोजिम कार्य सञ्चालन गर्न गराउन सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र ७५३ वटै स्थानीय तहलाई आग्रह गरेको छ। 

महिला उद्यमी समूह र महिला उद्यमीले सम्बन्धित स्थानीय तहमा यही चैत १७ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ । त्यस्तै स्थानीय तहहरुले आउँदो वैशाख २ गतेसम्म सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयका सिफारिस पठाइसक्नुपर्नेछ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement