Advertisement
Advertisement
Advertisement
Advertisement

वुमन्स डे राइडमा ६१ वर्षीया पूर्वडीआईजीदेखि १७ वर्षीया सहभागि भए

  |      16:34:00   |  
Web Image
Web Image

फागुन, २६ काठमाडौ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइलस् प्रालिले सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘वुमन्स डे राइड’ कार्यक्रम आयोजना गरेकोे छ। 


वुमन्स डे राइडको शुभारम्भ रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले गरेका थिए। बालाजुस्थित रोयल इन्फिल्ड शोरुम देखी सुरु भएको यस राइडले बनस्थली–स्वयम्भु–बल्खु–सानेपाहुँदै टेकुस्थित श्री जनउद्धार सेवा समितिमा पुगी त्यस बालआश्रममा राशन र पढाइ–लेखाइका  सामग्रीको सहयोग गरी पहिलो चरण समाप्त गरेको थियो । दोस्रो चरणका लागि श्री जनउद्धार सेवा समितिदेखि साँगासम्मको ४० किलोमीटरको यात्रा गरेको थियो।

यो राइडमा ३१ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा सवार ४३ जना राइडरहरुले सहभागिता जनाएका थिए । यस राइडका मुख्य अतिथिमा गिनिज बुक्स अफ वल्र्ड रेकर्ड फर फिमेल जर्नालिस्ट टु समिट माउन्ट एभरेस्ट फ्रम बोथ नर्थ एन्ड साउथ साइड होल्डर कल्पना महर्जन थिइन्। सबैभन्दा बढी उमेर भएकी ६१ वर्षीया पूर्वडीआईजी विमला थापा र सबैभन्दा कम उमेरकी १७ वर्षीया सिताष्मा लामाको पनि राइडमा सहभागिता रहेको थियो । 


बालाजुस्थित रोयल इन्फिल्ड शोरुमदेखि साँगासम्मको ४० किलोमिटरको राइडका लागि वुमन इन्टरनेसनल एसोसिएसनकी प्रेसिडेन्ट सुनिता देशार रोड क्यापटेन थिइन्। यस राइडको रोड मार्सलिङ भने काठमाण्डौ लेजेन्ड्स् टिमले गरेको थियो ।

कार्यक्रममा गाइड दी ब्लाइन्ड र आक्वा पोङजस्ता भाइचारा अनि आपसी मेल बढाउने खेलहरु समावेश गरिएका थिए । गाइड दी ब्लाइन्डका विजेताहरु सिताष्मा लामा, रन्जु सापकोटा, रोशनी भण्डारी, स्मृति भारती र कोपिला मगर भए। आक्वा पोङका विजेताहरु सिताष्मा लामा, रोशनी भण्डारी र स्मृति भारती भए। 

अनाथ बालबालिकालाई सेवा गर्दै आएको श्री जनउद्धार सेवा समितिलाई सहयोग एवं त्यस बालआश्रममा रहेका बालबालिकासँग अन्तरक्रिया गर्ने यस राइडको मुख्य उद्देश्य थियो । साथसाथै विभिन्न कार्य तथा पेसामा आबद्ध  नारीहरुको सशक्तीकरण पनि यस राइडको मूल उद्देश्य थियो । कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी ९सीएसआर० लाई प्राथमिकता दिनु र महिला सशक्तीकरण र समानतालाई प्रोत्साहन गर्नु यस राइडको मनसाय थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement