Advertisement
Advertisement
Advertisement
Advertisement

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल नेपाल समूहको राष्ट्रिय भेलामा

  |      16:20:00   |  
लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल नेपाल समूहको राष्ट्रिय भेलामा

चैत ५, बुटवल । समानुपातिकमा पाल्पाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेलामा बुधबारदेखि नै सहभागी भएकी छिन्।

यसअघि कतै नखुलेकी उनी भेलामा सहभागी भएपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार थप संकटमा परेको छ । लुम्बिनी प्रदेश सभाका ८७ सदस्य मध्ये एमालेका ४१ छन् । एमाले र माओवादी गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई अहिलेसम्म माओवादीले समर्थन फिर्ता लिएको छैन ।

प्रदेशसभामा माओवादीबाट २० प्रदेशसभा सदस्य छन् । एमालेका ४१मध्ये दुई जना माधव समूहमा लागेपछि मुख्यमन्त्री पोखरेलको पक्षमा ३९ सदस्य छन् । त्यस्तै सूर्य चिन्ह लिएर पश्चिम नवलपरासीबाट चुनाव लडेका हृदयेश त्रिपाठी समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्री शंकर पोखरेललाई सरकार बचाउन ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । जुन एमालेबाट मात्र सम्भव छैन । लुम्बिनी प्रदेशमा अहिलेसम्म विष्णु पन्थी मात्र माधव नेपाल समूहमा देखिएका थिए । रमा घर्ती राष्ट्रिय भेलामा सहभागी भएको पन्थीले बताए । ‘रमाजी हामीसँगै भेलामा आउनु भएको हो र सँगै हुनुहुन्छ,’ उनले भने, ‘उहाँ आफै सहभागी हुनु भएको हो, कुनै समस्या छैन ।’ केन्द्रीय सदस्य एवं माधव समुहका नेता ठाकुर गैरेले घर्ती पहिलेदेखि नै आफ्नो समूहमा रहेकाले कुनै समस्या नरहेको बताए ।

नेकपा माओवादीका २० प्रदेशसभा सदस्यमध्ये दुई जना दधिराम न्यौपाने र दिनेश पन्थी ओली समूहमा खुलेका छन् ।

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा माओवादी, कांग्रेस र जसपा अनौपचारिक छलफलमै छन् । तर, सरकारमा दुई मन्त्रीसहित उपस्थित रहेको नेकपा माओवादीले अहिलेसम्म समर्थन फिर्ता पनि लिएको छैन र मन्त्री पनि नहटेकाले थप प्रक्रियागत छलफल अघि नबढेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए । ‘छलफल जारी नै छ,’ उनले भने, ‘माओवादीले बाटो खोल्दाकै दिनदेखि औपचारिक संवाद गर्छौँ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement