Advertisement
Advertisement
Advertisement
Advertisement

ललितपुर १५ वर्षीया बालिका बलात्कार मुद्दामा प्रहरीको लापरवाही

  |      17:08:00   |  
ललितपुर १५ वर्षीया बालिका बलात्कार मुद्दामा प्रहरीको लापरवाही

चैत २,काठमाडौं । ललितपुरको बागमती गाउँपालिका गिम्दीमा १५ वर्षीया बालिका बलात्कृत भइन् । कक्षा १० मा अध्ययनरत बालिका बलात्कार भएको सूचना गिम्दी बाल क्लब सञ्जालमार्फत प्रहरीकहाँ पुग्यो ।   महानगरीय प्रहरी वृत्त चापागाउँले बलात्कारमा संलग्न आरोपी ३१ वर्षीय पुरुषलाई पक्रियो । तर, जघन्य अपराधमा संलग्न आरोपीलाई प्रहरीले सामान्य धरौटीमा छाड्न मिल्ने ‘अभद्र व्यवहार’ मुद्दा चलायो । 

फागुन २४ मा पक्राउ परेका बलात्कार आरोपी अहिले अभद्र व्यवहारको आरोपमा महानगरीय प्रहरी वृत्त चापागाउँको थुनामा छन् । बलात्कार आरोपीलाई किन सामान्य मुद्दा चलाएको भन्ने रातोपाटीको जिज्ञासामा ललितपुरकी एसएसपी किरण बज्राचार्यले भनिन्–‘जाहेरी परेको अवस्था छैन्, पीडितले पनि हामीसँग स्वीकार नगरेको हुनाले फरक मुद्दा चलायौँ ।’ 

बाल क्लब सञ्जालमा आबद्ध एक सदस्यले रातोपाटीलाई बताएअनुसार बालिकाको पेटमा बच्चा छ । साथीहरुसँग उनले ‘स्वास्थ्यमा समस्या आएको’ कुरा गरेपछि उनी गर्भवती भएको थाहा भएको थियो ।  बालिकाले मेडिकल गराउनका लागि आवश्यक कागजातमा हस्ताक्षर गर्न नमानेको चापागाउँका डिएसपी टेकबहादुर कार्कीले दावी गरेका छन् । 

बलात्कृत बालिका र परिवारले जाहेरी नदिएपनि आरोपीलाई सिधै बलात्कार मुद्दा चलाउनुपर्ने बताउँछन् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल । रातोपाटीसँग कुरा गर्दै खरेलले भने– ‘अनुसूची–१ अन्तर्गतको बलात्कार मुद्दामा कानुनले पीडितको जाहेरी खोजेको छैन्, सूचना पाएपछि मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाउनु प्रहरीको दायित्व हो ।’ 

मुलुकी अपराध संहिता–०७४ को दफा २१९ अनुसार बलात्कार मुद्दामा १० वर्षभन्दा माथि कैद सजाय हुन्छ । सरकारवादी फौजदारी मुद्दामा प्रहरीले आफैं थाहा पाएपछि पनी आफ्नै प्रतिवेदनको आधारमा मुद्दा चलाउन मिल्छ । तर, ललितपुर प्रहरीले लापरवाही गरेर मुद्दा शीर्षक नै परिवर्तन गरेको छ । पीडितका बुवा–आमा विदेशमा छन् । बालिका र आरोपीको बीचमा नाता पर्ने हुनाले परिवार र आफन्तको दवावमा बालिका होस्टायल भएको हुनसक्ने बताइएको छ । 
बलात्कार मुद्दा चलाउन निर्देशन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ९एआईजी० हरिबहादुर पालले आरोपीलाई बलात्कार मुद्दा दर्ता गरेर प्रमाण जुटाउन ललितपुर प्रहरीलाई निर्देशन दिएका छन् ।  रातोपाटीसँग कुरा गर्दै पालले भने– ‘जाहेरी नआएको भनेर पहिले अभद्र व्यवहार मुद्दा चलाएको रहेछ, बलात्कार मुद्दा दर्ता गरेर अनुसन्धान गर्न भनेको छु ।’ 

आइतबार बालिकाको तर्फबाट जाहेरी आएको पालले बताए । उनले भने–‘जाहेरी पनि आएको रहेछ, अब बलात्कार मुद्दामा अनुसन्धान हुन्छ ।’ तर, ललितपुरकी एसएसपी किरण बज्राचार्यले चाहिँ रातोपाटीसँग कुरा गर्दै सोमबार सम्म पीडितको तर्फबाट जाहेरी नआएको दाबी गरेकी छिन् । 

 

रातोपाटीबाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement