कार्तिक २३, काठमाडौं ।नेपाली बजारमा आज पनि सुन प्रतितोला १००० रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १३ हजार ७०० रुपयाँ रतेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपयाँमा कारोवार भइरहेको छ ।
लगातार ४ दिन सम्म सुनको भाउमा गिरावट आएको छ । हिजो सुनको भाउमा प्रतितोला ३०० रुपयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्वसायिक संघका अनुसार हिजोको दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोलामा रु.५ले घटेर प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो ।